नेपाल टेलिकम ल्यायो सस्तो अफर, के छन् सुबिधा ?
१० वैशाख, काठमाडौं ।
सस्तो अफर भन्दै नेपाल टेलिकमले पनि इन्टरनेट डाटा शुल्क घटाएको छ । कम्पनीले डे नाइट डाटा प्याक, नाइट टाइम प्याक,अल टाइम प्याक, फेसबुक डाटा प्याक र नाइट भ्वाइस प्याक अफर ल्याएको हो । यी सुविधाहरू प्रयोग गर्नका लागि *१४१५# डायल गर्न टेलिकमले अनुरोध गरेको छ ।
राति १० बजेदेखि बिहान ६ बजेसम्म चलाउन मिल्ने नाइट टाइम प्याक अफर अन्तर्गत एक हप्ते अवधिको ५ सय एमबिको ४५ रुपैयाँ, १५ दिने अवधिको १२ सय एमबिको ९० रुपैयाँ, एक महिने अवधिको ३०७२ एमबिको २ सय रुपैयाँ, एक महिने अवधिको ६६५६ एमबिको ३ सय रुपैयाँ शुल्क तोकिएको छ।
अल टाइम प्याकअन्तर्गत ४ सय एमबिको १ सय रुपैयाँ ८५० एमबिको २ सय रुपैयाँ १५०० एमबिको ३ सय रुपैयाँ तोकिएको छ। जुन एक महिने अवधिका लागि तोकिएको हो । २४ सै घण्टा यो प्याकको सेवा लिन सकिन्छ।
डे नाइट डाटा प्याक अन्तर्गत बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म चलाउन मिल्ने १ सय एमबि र राति १० बजेदेखि बिहान ६ बजेसम्म चलाउन मिल्ने ५०० एमबिको सात दिने डाटा प्याक शुल्क १ सय रुपैयाँ रहेको छ।
जुनसुकै बेला चलाउन मिल्ने ५ दिने फेसबुक डाटा प्याकअन्तर्गत १०० एमबिको २२ रुपैयाँ ६० पैसा शुल्क तोकिएको छ। राति १० बजेदेखि बिहान ६ बजेसम्म चलाउन मिल्ने नाइट भ्वाइस प्याकको शुल्क २५ रुपैयाँ तोकिएको छ। जुन २५० मिनेटसम्म प्रयोग गर्न सकिनेछ।
फेसबुकबाट तपाईको प्रतिक्रिया