नेपाल टेलिकमले बढायो एक अर्बले खुद नाफा

काठमाडौँ ३० कार्तिक

कम्पनी नेपाल टेलिकमले पहिलो त्रैमासमा एक अर्बले खुद नाफा बढाएको छ । गत बर्षको असोज मसान्तसम्ममा कम्पनीले तीन अर्ब ३१ करोड खुद नाफा गरेकोमा यस बर्षको सोही अवधिसम्ममा २५ प्रतिशतले बृद्धि गरी चार अर्ब १४ करोड खुद नाफा कमाएको हो ।

१५ अर्ब चुक्ता पूँजी रहेको कम्पनीको प्रति सेयर आम्दानी पनि ८८ बाट ११० रुपैयाँ पुगेको छ । उसको जगेडा कोषमा ७४ अर्ब रुपैयाँ छ । उसले आफ्नो सेवा प्रवाहबाट ११ अर्ब ३६ करोड आम्दानी गरेको छ भने पाँच अर्ब ७६ करोड खर्च गरेको छ । बजारमा सेयर मुल्य प्रतिकित्ता ६८७ हुँदा उसको प्रति सेयर नेटवर्थ ५९७ र मुल्य आम्दानी अनुपात ६.२३ गुणा मात्र रहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया