नेपाल बैंक लिमिटेडद्वारा भूकम्प पीडितको लागि ५० लाख रुपैंया सहयोग

काठमाण्डौ १० मंसिर २०८० ।

नेपाल बैंक लिमिटेडले जाजरकोट केन्द्रबिन्दु भई गएको भूकम्प पीडितको सहायताका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा ५० लाख रुपैयाँ सहयोग गरेको छ। प्रधानमन्त्री निवास वालुवाटारमा आयोजित कार्यक्रममा बैंक संचालक समितिका अध्यक्ष डा चन्द्र बहादुर अधिकारीले ५० लाख रुपैयाँको चेक प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डलाई हस्तातरण गरे।

कार्यक्रममा प्रधामन्त्री प्रचण्डले विपत्तीमा परेका नागरिकलाई सहयोग गर्ने सबैलाई धन्यवाद दिएका थिए। कार्यक्रममा बैंकका उच्च तहको कर्मचारीको उपस्थिती थियो।

फेसबुकबाट तपाईको प्रतिक्रिया