नेपाल बैंकको अध्यक्षमा डा. चन्द्रबहादुर अधिकारी नियुक्त

काठमाण्डौ ८ अशोज २०८० ।

नेपाल बैंक लिमिटेडको अध्यक्षमा डा. चन्द्रबहादुर अधिकारी नियुक्त हुनु भएको छ ।।

बैंकको सञ्चालक समितिको असोज २ गतेको बैठकबाट नयाँ अध्यक्षको जिम्मेवारीमा डा. चन्द्रबहादुर अधिकारी चयन हुनु भएको हो । नवनियुक्त अध्यक्ष डा. चन्द्रबहादुर अधिकारीले असोज ४ गते बिहीबार नेपाल राष्ट्र बैंकमा आयोजित एक कार्यक्रममा गर्भनर महाप्रसाद अधिकारीबाट अध्यक्ष पदको पद तथा गोपनियताको सपथ ग्रहण गर्नु भएको छ।

बेलायतबाट अर्थशास्त्रमा पिएचडी गर्नुभएका अधिकारीले यसअघि कृषि विकास बैंकको सञ्चालक भएर काम गर्नुभएको थियो । बैंकिग क्षेत्रमा लामो अनुभव र त्रिविमा प्राध्यापन अनुभव संगाल्नु भएका अधिकारीले अर्थशास्त्रको अन्तृराष्टिय स्तरको ज्ञान र अनुभव हासिल गर्नु भएको छ् । बिजनेसपाटी डटकमको सल्लाकार समेत रहनु भएका डा अधिकारीको अध्यक्षताको कार्यकालमा नेपाल बैंकले थप उचाइ हासिल गर्ने आशा गरिएको छ ।

नेपाल बैंकमा सरकारको ५१ प्रतिशत र सर्वसाधारणको ४९ प्रतिशत सेयर स्वामित्व रहेको छ

फेसबुकबाट तपाईको प्रतिक्रिया