नेपाल बैंकको डेढ अर्बको हकप्रद शेयर आउँदै
बिजनेसपाटी २३ फागुन ।
मुलुककै सबैभन्दा पुरानो बैंक नेपाल बैंक लिमिटेडले एक अर्ब ५४ करोड ३१ लाख ८४ हजार रुपैयाँ बराबरको हकप्रद शेयर निस्कासनको लागि धितोपत्र बोर्डमा निबेदन दिएको छ।
बोर्डले बैंकको प्रस्ताव पारित गरे १०० कित्ता शेयर हुनेले २३.७४ कित्ताको दरले आवेदन दिन पाउनेछन् । १०० रुपैयाँ दरको हकप्रद शेयर निस्कासन गर्न बैंकले सिभिल क्यापिटललाइ बिक्रि प्रबन्धक तोकेको छ।
हाल बैंकको ६ अर्ब ४९ करोड रुपैयाँ चुक्ता पूँजी रहेको छ भने हकप्रद पश्चात ८ अर्ब रुपैयाँ पूँजी पुग्नेछ।
फेसबुकबाट तपाईको प्रतिक्रिया