नेपाल मुद्रा विप्रेषक संघको आयोजना र नेपाल राष्द्र बैंकको सहकार्यमा कार्यशाला गोष्ठी सम्पन्न

काठमाडौं २२ पुस २०८१-नेपाल मुद्रा विप्रेषक संघको आयोजना र नेपाल राष्द्र बैंकको सहकार्यमा International Day of Family Remittance को अवसरमा आयोजित १ दिने कार्यशाला गोष्ठी Aranya Boutique Hotel, Hattisar road, Kathmandu. मा सम्पन्न भएको छ । नेपाल मुद्रा विप्रेषक संघका अध्यक्ष श्री चन्द्र टण्डनको अध्यक्षतामा सम्चालित उक्त १ दिने कार्यशाला गोष्ठिको प्रमुख अतिथीमा नेपाल राष्ट्र बैंकका कार्यबाहक गभर्नर डा. निलम ढुङ्गाना तिम्सिनाज्यूको उपस्थिती रहेको थियो भने नेपाल राष्ट्र बैंक, विदेशी विनिमय ब्यबस्थापन विभागका कार्यकारी निर्देशक श्री तुलसी प्रसाद घिमिरेज्यू र नेपाल राष्ट्र बैंक, गैर—बैंक वित्तिय संस्था सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक श्री राम बहादुर मानन्धरज्यूको विशेष अतिथीको रुपमा उपष्थित हुनुभएको थियो । रेमिट्यान्स कम्पनी र रेमिट्यान्सको काम गर्ने बैंक तथा वित्तिय संस्थाहरुसमेतको सहभागितामा आयोजना गरिएको उक्त कार्यक्रममा रेमिट्यान्स क्षेत्रसंग सम्वन्धित विविध विषयहरुलाई समेटेर कार्यपत्र प्रस्तुत गरिएको थियो । प्रमुख अतिथी कार्यवाहक गभर्नर डा. निलम ढुङ्गाना तिम्सिनाज्यूले आफ्नो मन्तव्य राख्नुहँदै नेपालमा रेमिट्यान्स आप्रवाह बढिरहेको र नेपाल र नेपालीको अर्थतन्त्र सुधार्न आप्रवाह रेमिट्यान्सले महत्वपूर्ण भुमिका खेलेको स्मरण गराउनुहँदै बैधानिक तबरले रेमिट्यान्स भि¥याउन र रेमिट्यान्सलाई डिजिटाईज्डतर्फ अगाडि लान सबैले पहल गनुपर्ने र रेमिट्न्ससँग सब्बन्धित विषयहरुमा नेपाल राष्ट्र बैंक नेपाल मुद्रा विप्रेषक संघसँग मिलेर सहकार्य गर्न सदैव तयार रहेको पनि बताउनुभयो । यसैगरी अतिथीद्धय नेपाल राष्ट्र बैंक, विदेशी विनिमय ब्यबस्थापन विभागका कार्यकारी निर्देशक श्री तुलसी प्रसाद घिमिरेज्यू र नेपाल राष्ट्र बैंक, गैर—बैंक वित्तिय संस्था सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक श्री राम बहादुर मानन्धरज्यूले पनि रेमिट्यान्सको समसामयिक विषयमा रहेर आफ्ना भनाईहरु राख्नुभएको थियो । यसैक्रममा नेपाल राष्ट्र बैंक, विदेशी विनिमय ब्यबस्थापन विभागका कार्यकारी निर्देशक श्री तुलसी प्रसाद घिमिरेज्यूले प्रतिस्पर्धि संस्थाहरु एकआपसमा स्वस्थ प्रतिस्पर्धा गरी आफ्ना क्रियाकलाप गर्नुपर्ने, समयमै अनुमतिपत्र नविकरण गराएर आफ्नो कारोबार नियमिततापूर्वक गर्नुपर्ने र रेमिट्यान्स क्षेत्रको विकास र सहजताका लागि नियामक निकायका हैसियतबाट नेपाल राष्ट्र बैंकको निति निर्देशनको परिधिभित्र रहेर सहयोग गर्न नेपाल राष्ट्र बैंक सदैव तयार रहेको बताउनुभयो । साथै यसैगरी अर्का अतिथी नेपाल राष्ट्र बैंक, गैर—बैंक वित्तिय संस्था सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक श्री राम बहादुर मानन्धरज्यूले नेपाल राष्ट्र बैंकले निर्दिश्ट गरेका नियमकानुन र सर्कुलरको परिधिभित्र रहेर काम गर्न सुझाव दिनुभयो । नेपाल मुद्रा विप्रेषक संघका अध्यक्ष चन्द्र टण्डनज्यूले रेमिट्यान्स कम्पनी र रेमिट्यान्सको काम गर्ने बैंक तथा वित्तिय संस्थाहरुले स्वस्थ प्रतिस्पर्धा गर्नसके रेमिट्यान्समा बृद्धी हुन गई विदेशी मुद्रा सञ्चितीमा बढोत्तरी हुने, रेमिट्यान्स कम्पनी र रेमिट्यान्सको काम गर्ने बैंक तथा वित्तिय संस्थाहरुको आम्दानीमा बृद्धि हुन गर्ई राजश्व योगदानमा समेत उल्लेखनीय बृद्धि हुने भन्दै यसतर्फ सबैको ध्यान जान आवश्यक रहेको जानकारी गराउनुभयो । कार्यक्रममा संघका निवर्तमान अध्यक्ष सुमन पोखरेलज्यूले रेमिट्यान्सको वर्तमान अवस्था र रेमिट्यान्स कम्पनी र नियामक निकायबाट सुधार गर्नुपर्ने कुराहरुमाथि प्रकाश पार्नुभएको थियो भने, उपाध्यक्ष रितेश मित्तल तथा महासचिव सञ्जय सिग्देलले समसामयिक विषयमा आ आफ्नो भनाई राख्नुभएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया