नेपाल लाइफका कार्यवाहक सिइओमा सन्तोष प्रसाई
काठमाण्डौ १ साउन २०७७
नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा साउन १ गतेबाट कार्यवाहक प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सन्तोष प्रसाईलाई दिइएको छ । प्रमुख कार्यकारी अधिकृत विवेक झाको कार्यकाल समाप्ती भएसँगै उप–प्रमुख कार्यकारी अधिकृत प्रसाईले कार्यवाहक सिइओको जिम्मेवारी पाउनु भएको हो । असार ३१ गते बसेको संचालक समितिको बैठकले उहाँलाई कार्यवाहक सिइओको जिम्मेवारी दिएको हो ।
प्रसाई विगत ३ वर्षदेखि नेपाल लाइफ इन्स्योरेन्समा आवद्ध हुनुहुन्छ । यसअघि उहाँले बीमा क्षेत्रको नियमनकारी निकाय बीमा समितिमा सात वर्षको लामो अनुभव सम्हाल्नु भएको थियो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया