नेपाल लाइफको आम्दानीमा उल्लेख्य प्रगति

बिजनेसपाटी १९ बैशाख

चालु आर्थिक बर्षको तेस्रो त्रैमासमा नेपाल लाइफ इन्स्योरेन्सले उल्लेख्य प्रगति गरेको  गरेको छ। यस अवधिमा नेपाल लाइफको कमाइ ७२ प्रतिशतले बढेको छ ।

यस अवधिमा ४० करोड ९६ लाख ७२ हजार खुद मुनाफा आर्जन गरेको छ। नेपाल लाइफ इन्स्योरेन्सले प्रस्तुत गरेको विवरणमा कम्पनीको विमांकिय मुल्यांकन पश्चात प्राप्त हुने मुनाफा गणना गरिएको छैन।

गत आर्थिक बर्षको यस अवधिमा ६ अर्ब २३ करोड रुपैयाँ बिमा शुल्क (खुद) आर्जन गरेको नेपाल लाइफले यस अवधिमा ७ अर्ब ८१ करोड बीमा शुल्क आर्जन गरेको छ।

यस अवधिमा नेपाल लाइफको चुक्ता पुंजी ३ अर्ब ९६ करोड रुपैयाँ रहेको छ भने जगेडा कोष रकम ४ अर्ब ७३ करोड रुपैयाँ जगेडा कोष रकम पुगेको छ। नेपाल लाइफले १३ सय २५ रुपैयाँ प्रिमियम मूल्य सहित प्रति कित्ता १४२५ रुपैयाँमा एफपीओ बिक्रि तथा बितरण पश्चात उसको जगेडा कोष रकम झन्डै २ दशमलब ७३ गुणा बढीले बढेको छ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया