नेपाल सुनचाँदी व्यवसायी महासंघ १२ औं वर्षमा प्रवेश

काठमाडौं, फागुन २२, २०८१ । नेपाल सुनचाँदी ब्यवसायी महासंघले स्थापनाको १२ औं वर्षमा आफ्नो १२ औं स्थापना दिवस भब्यताका साथ सम्पन्न गरेको छ । । २०८१ फागुन २० गते (मंगलबार) महासंघको केन्द्रिय कार्यालय नक्साल, काठमाडौंमा आयोजित एक बिशेष समारोहकावीच स्थापना दिवस मनाएको हो ।
समारोहको समद्घाटन महासंघका अध्यक्ष अर्जुन रसाइलीले गर्नु भएको थियो । उपस्थिति सबैमा नेपाली परम्परा शुभ मानिने दहीको सगुन बाँडेर स्थापना दिवसको उद्घाटन गर्नुभएको थियो । १२ वर्षको अवधिमा महासंघले धेरै महत्वपूर्ण काम गरेको र आगामी दिनमा सबै मिले अगाडि बढ्ुपर्ने र यसमा सबैको हातेमालोको आवश्यकता औंल्याउनु भएको थियो ।
उद्घाटन समारोहकै बीचमा महासंघका निवर्तमान अध्यक्ष माणिकरत्न शाक्य, विशिष्ट सदस्य मोहन सुनार, संस्थापक अध्यक्ष एवं सल्लाहकार मणिरत्न शाक्य लगायतले महासंघको स्थापना देखि हालसम्मका विभिन्न पक्ष बारे प्रकाश पार्नुभयो ।
उद्घाटन कार्यक्रममा महासंघका वरिष्ठ उपाध्यक्ष दियेस रत्न शाक्यले धन्यवाद ज्ञापन गर्नुभएको थियो । महासंघका उपाध्यक्षहरु क्रमशः धर्मशुन्दर बज्राचार्य, वुद्धि दियाली, राजु धमलाा, महासचिव किरणभाई बज्राचार्य, कोषाध्यक्ष सुदिप श्रेष्ठ लगायत विभिन्न पदाधिकारी, कार्य समितिका सदस्यहरु, प्रदेशेसभापतिहरु, अन्य विशिष्ट व्यक्तित्वहरु एवं महासंघका कर्मचारीहरुको समेत उल्लेख्य सहभागिता थियो । यस अवसरमा अन्य जिल्लाहरुमा पनि विभिन्न कार्यक्रमका साथ नेपाल सुनचाँदी व्यवसायी महासंघले आफ्नो १२ औं स्थापना दिवस मनाएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया