नेपालका कम्युनिष्टहरु सर्बहारा श्रमजिवीको अगुवा कि पुजीवादी नोकरशाहीको गुलाम?

रमेश लामिछाने
झ्वाट्ट हेर्दा कम्युनिष्ट भनेका गरिब–गुरुवा श्रमजीवी र सर्वहारा बर्गको अगुवा पथप्रदर्शक हुन भन्ने बुझ्नुपर्छ। तर बिडम्बना नेपालका कम्युनिष्टहरु चाहि हेर्दा त्यस्तो देखिदैन्न, व्यबहार त्यस्तो देखिदैन । मात्र ट्रेडमार्क जस्तो कम्युनिष्ट लोगो हालेर दोकान थापेजस्तो सत्ता को दोकान चलाईरहेका छन बर्सौ देखि। लाग्छ कम्युनिष्ट मेनुफिस्टो एकादेशको पैराणिक कथा हो, लाग्छ माक्र्सवादको सिद्धान्त भुलिसके सत्ता शक्तिको मोह र उन्मादले। प्रश्नका भारी त कति छन कति पद र गुटको राजनीतिबाट कहिल्यै माथी उठ्न नसक्ने सत्ताको लागि जेपनि गर्न पछि नहट्ने बैरो नेतृत्वलाई सुनाएर पनि के फाइदारुमाक्र्सवाद बिनाको कम्युनिष्ट सोच्नु पानी बिनाको माछाको कल्पना गरेजस्तै हो।
सर्वप्रथम त हामीले माक्र्सवाद के हो भन्ने बारेमा बुझ्न र जान्न जरुरी हुन्छ । माक्र्सवाद भनेको प्रकृति, समाज, राज्यव्यवस्था आदिबारेमा कार्ल माक्र्स र फ्रेडरिक एंगेल्सले महान् खोज र प्रयोगद्वारा निकाल्नु भएको वैज्ञानिक क्रान्तिकारी विचार सिद्धान्त र व्यवहारलाई माक्र्सवाद भनिन्छ । माक्र्सवाद सर्वहारावर्गको क्रान्तिको विज्ञान हो । यसको सिद्धान्त भौतिकवाद हो । माक्र्सवादको दर्शन द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादी दर्शन हो । त्यसैले गर्दा द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवाद, अतिरिक्त मूल्यको सिद्धान्त, वर्गसंघर्ष तथा इतिहासमा बलप्रयोगको भूमिका र वैज्ञानिक समाजवाद तथा साम्यवाद यसका आधारभूत मान्यता भित्र पर्ने तथ्यलाई समेटेको छ ।
लेनिनको भनाई अनुसार “माक्र्सवाद भनेको माक्र्सका विचार उनका शिक्षाको व्यवस्थित शृङ्खला हो ।” माक्र्सवादको निर्माण दर्शन, राजनीतिक अर्थशास्त्र र समाजवाद गरी तीन सङ्घटक तत्वहरूको संश्लेषणबाट भएको छ । माक्र्सवादको दर्शन द्वन्द्वात्मक तथा भौतिकवादी दर्शन हो । यसले पदार्थ, प्रकृति वा सामाजिक सत्तालाई पहिलो र चेतना विचार वा सामाजिक चेतनालाई दोस्रो स्थानमा राख्छ । यसले चेतनालाई वस्तुजगत्को आत्मिक प्रतिबिम्बन मान्दछ र विश्वलाई बोधगम्य बताउँछ । माक्र्सवादी दर्शनको पद्धति द्वन्द्वात्मक हो । माक्र्सको राजनीतिक अर्थशास्त्र श्रमको मूल्य सिद्धान्त र अतिरिक्त मूल्यको सिद्धान्तमा आधारित रहेको छ । माक्र्सको वैज्ञानिक समाजवाद वर्गसङ्घर्ष, इतिहासमा बल प्रयोगको भूमिका, सर्वहारावर्गको अधिनायकत्व र साम्यवादका आधारभूत मान्यताद्वारा निर्मित भएको हो ।
दर्शनका बारेमा सामान्य चर्चा गर्न जरुरी हुन्छ । दर्शनको अर्थ र काम बारे पनि विचार विमर्स गर्न जरुरी हुन्छ । दर्शनको खास अर्थ के हो र? दर्शन भन्नाले कस्तो शास्त्रलाई जनाउँछ रु यी विषयहरुका बारेमा छोटो र सारभूत रुपमा उक्त जवाफ दिन जरुरी हुन्छ ।
दर्शन भनेको एउटा विश्वदृष्टिकोण हो । अर्थात विश्वलाई हेर्ने दृष्टिकोण हो । दर्शन भनेको विज्ञानको यस्तो शाखा हो। जसले प्रकृति, समाज र मानवीय चिन्तनको विकासका नियमहरुको अध्ययन गर्दछ ।

हामीले सरल भाषामा बुझ्ने कुरा के हो भने माक्र्सवादी परिभाषा अनुसार, दर्शन भनेको सैद्धान्तिक ज्ञानको त्यस्तो रुप हो, जसले विश्वदृष्टिकोणसित, प्रकृति र समाजलाई हेर्ने विश्वदृष्टिकोणसित सम्बन्धित सामान्य नियमहरुको विश्लेषण र व्याख्या प्रस्तुत गर्दछ । प्रकृति र समाजको विकास कुन ढंगबाट हुने गर्दछ, ऐतिहासिक विकासका मूल कारण र प्रेरक शक्तिहरु के हुन्, हाम्रो यस संसारलाई कुन रुपमा बुझ्ने र फेर्न सकिन्छ र फेरीएको वस्तुको संरक्षण कसरी गर्न सकिन्छ– यी र यस प्रकारका प्रश्नहरुको जवाफ दर्शनले दिने गर्दछ ।

यसरी हेर्दा अहिले माक्र्सवादि दर्शन र सिद्धान्तलाई शिरोधार्य गर्ने कम्युनिष्ट सरकार छ तर उसका गतिविधि र क्रियाकलाप हेर्दा कुनै तानाशाहि को भन्दा कम छैन।राजतन्त्र हुँदा राजाका आसेपासेलाई जागिर लगायो औसधि उपचारमा खर्च गर्यो भन्ने आरोप लाग्यो तर आज गणतन्त्रमा पनि अबस्था जिउँको तिउ छ।नेतालाई हाच्छिउ लाग्दा प्लेन चार्टर गरेर बिदेश पुर्याउने जनता खान नपायर मर्नुपर्ने यो कस्तो समाजवाद खोजिरहेका छौँ।

प्रकासित मिति २०७७–८–८

फेसबुकबाट तपाईको प्रतिक्रिया