नेपालको समसामयिक राजनीतिबारे प्रचण्डको विचार

 ‘प्रचण्ड’

यतिबेला हामीसँग ठूलो ऐतिहासिक अवसर पनि छ आर्थिक तरक्की गर्ने, राजनीतिक तरक्की गर्ने। सांस्कृतिक रुपले समुन्नत देश निर्माण गर्ने सम्भावनाको डिलमा पनि हामी छौँ।
र असाध्यै अप्ठेरो अवस्थामा राष्ट्रको स्वाधिनता र एकता नै खल्बलिन सक्ने खतरा अनि ठूलाठूला दुर्घटनामा नेपाल जान सक्ने खतरा पनि हामीले सँगसँगै देखिराखेका छौँ।

ती खतराको सामना गर्न सकियोस् र यो सम्भावना र अवसर जो देखापरेको छ त्यो अवसरलाई अगाडि बढाउन सकियोस्, हामी सबैको ध्यान त्यता जान जरुरी छ।

हामीले भनेका छौँ अहिले राष्ट्रिय एकताको खाँचो छ। राष्ट्रिय एकता धेरै कुराको निम्ति – एउटा त भर्खरै बनाएको संविधान कार्यान्वयनको निम्ति, दोश्रो पुनर्निर्माण अभियानलाई गति दिन। तेश्रो मधेस लगायतका जे समस्या देखिएको छ, त्यसको समाधानका लागि पनि राष्ट्रिय एकता खाँचो छ। चौथो आम जनताको चाहना तीव्र आर्थिक विकासको निम्ति पनि राष्ट्रिय एकताको खाँचो छ।

राष्ट्रिय एकतालाई हामीले बनाउन नसकेको भए शान्ति प्रक्रिया पनि अगाडि आउन सक्दैन थियो। सायद द्वन्द्व अझै केही वर्ष चली नै राख्थ्यो। स्थिति अझै भयावह हुन सक्थ्यो।

राष्ट्रिय एकता नभएको भए संविधानसभाबाट लोकतान्त्रिक गणतन्त्रको संविधान घोषणा पनि हुन सक्दैन थियो। राष्ट्रिय एकता त्यसकारण यतिबेलाको ऐतिहासिक आवश्यकता हो भन्ने हाम्रो भनाइ छ।

कतिपय मानिसहरुलाइ भ्रम पर्ने गरेको छ। मैले राष्ट्रिय एकता सहमतिको कुरा गर्दागर्दै सरकारको पनि कुरा गर्छ भन्ने परेको हुन सक्छ। हामी माओवादीहरुले भूकम्प गएपछि भनेका थियौँ – हामीलाइ राष्ट्रपति चाहिएन। प्रधानमन्त्री चाहिएन। तपाइँहरु ठूलो पार्टी, हामी प्रतिपक्षमा छौँ। म प्रतिपक्षी दलको नेता छु। अहिले मलाई न राष्ट्रपति चाहिएको छ न प्रधानमन्त्री। हामीलाई राष्ट्रिय एकता चाहिएको छ। भूकम्पबाट क्षतविक्षत भएको जनताको मन मस्तिष्कमा राहत र उद्दार तथा पीडामा मलमपट्टी भनेर मैले त्यहाँबाट राष्ट्रिय एकता भनेको हो।

मैले भनेको थिएँ सुशील कोइरालासँग तपाइँ राष्ट्रपति हुनुस्। आन्तरिक बैठकमा बडो प्रष्टसँग जसलाई जेन्टलम्यान अग्रिमेन्ट भनेर बुझ्ने गरिएको छ। सुशीलजीलाई तपाइँ राष्ट्रपति हुनुस्, केपीजीलाई तपाइँ प्रधानमन्त्री हुनुस् र संविधान घोषणा गर्नतिर जाउँ भनियो। र राष्ट्रिय एकताको वातावरण बन्यो र संविधान घोषणा भयो।

तर पछि हामीले एकतालाई जस्ताको तस्तै कायम गर्न सकेनौँ। जे भएपनि मैले प्रतिपक्षी दलको नेताको हैसियतले सुशील कोइराला तपाइँ दह्रोसँग उभिनुस्, हामी पछाडी छौँ भन्दै गर्दा संसदीय परम्परा त तोडियो होला तर राष्ट्रको हितमा एउटा संकल्प गर्ने अवस्था तयार भएको थियो।

अहिले पनि ओलीजीलाई मैले नै प्रस्ताव गरेर हिजोको सहमतिका आधारमा प्रधानमन्त्रीको रुपमा अगाडि बढाएँ। राष्ट्रपतिमा पनि सम्माननीय विद्या भण्डारी ज्यूलाई अगाडि बढाउने जमर्को गर्यौँर। त्यसपछि नेपाली जनतामा माओवादी बारे या प्रचण्डबारे जे जस्ता भ्रम थिए, धेरै हदसम्म पखालियो भन्ने मलाई लाग्छ।

हामीलाई चाहिएको पद होइन, राष्ट्रको एकता हो, समृद्धि हो। त्यो स्थापित भयो भन्ने कुरा आयो।

अहिले पनि थुप्रै भ्रमहरु बजारमा छन्। अहिले पनि हाम्रो चिन्ता के छ भने संविधान बनेर पनि राष्ट्रिय एकता भएन भने कागजको खोस्टा बन्ने स्थिति पैदा हुन्छ।

त्यसकारण राष्ट्रिय एकताको खाँचो छ। अनि मधेस लगायतका समस्या समाधानका लागि पनि राष्ट्रिय एकताको खाँचो छ। जनताको आर्थिक विकासको तीव्र आकांक्षा सम्बोधन गर्न झन् बढी राष्ट्रिय एकताको खाँचो छ।

कमसेकम दुई अढाइ वर्ष एक ठाउँमा उभिएर जान सक्यौँ भने देशलाई स्थिरतामा लैजान सकिन्छ र समृद्धिको आधार खडा गर्न सकिन्छ।
हामी के ठान्छौँ भने नराम्रो कुरा उत्कर्षमा पुग्यो भने त्यो विन्दुबाट राम्रो कुरा सुरु हुन्छ भन्ने हाम्रो मार्क्सको फिलोसोफीले मान्छ र विज्ञानले पनि त्यही मान्छ।

हामीले भूकम्प बेहोर्यौँ । नाकाबन्दी बेहोर्यौँप। बडा नकरात्मक कुरा। तर यसैबाट अब सकारात्मक विकासको प्रक्रिया सम्भव छ। हामी सबैले एउटा संकल्प त्यहीँबाट सुरु गर्नु पर्छ। हामीले धेरै अस्थिरता र अराजकता हामीले भोगेको छौँ। त्यही बिन्दुबाट हामीले स्थिरता र अनुशासन पैदा गर्नुछ।  नेपालमा अहिले पुँजीको दुःख पनि हैन। पुँजीको ठीक लगानीमैत्री वातावरण र सामाजिक न्यायको वातावरण त्यसलाई श्रम मैत्री वातावरण समग्रमा राष्ट्रिय पुँजी निर्माणको वातावरण। अनि ब्यापार विविधिकरण, औद्योगिकीकरणको प्रक्रियालाई नयाँ सोचका साथ अगाडि बढाउने। त्यसको निम्ति एउटा चिज के चाहीँ पक्का गर्नुपर्छ भने – लिडरसिपको केन्द्रिकरण भएन भने कुनै पनि देशले छिटो विकास गर्न सक्दो रहेनछ।
नेपालमा राजनीतिको केन्द्रीकरण, नेतृत्वको केन्द्रीकरण यतिबेलाको ऐतिहासिक आवश्यकता छ।

(नेपाल राष्ट्रिय उद्योग व्यापार संगठनको दोस्रो महाधिवेशनलाई सम्बोधन गर्दै)

फेसबुकबाट तपाईको प्रतिक्रिया