नेपालबाटै बाहुबलीले कमायो १८ करोड

काठमाडौँ ३० बैशाख

दश दिनमै विश्वभरबाट एक हजार करोड  भारूको कीर्तिमानी कमाइ गरेको फिल्म बाहुबली-२ ले नेपालमा पनि दुई  सातामै १८ करोड रूपैयाँ जुटाएको छ। यो खबर  सुशील पौडेलले आजको कान्तिपुरमा लेखेका छन्। यसअघि नेपाली फिल्म छक्का पञ्जाले पुग नपुग १६ करोड रूपैयाँ कमाएको थियो। ‘बाहुबली-२ ले नेपालबाट पहिलो सातमै १३ करोडठ रूपैयाँको कमाइ गरेको थियो,’ स्रोतले भन्यो,‘दोस्रो सातमा चुनावी माहौलले गर्दा मोफसलका सिंगलस्क्रिन हलमा दर्शक चाप कम हुँदा  ५ करोड रूपैयाँ मात्र कमाइ भएको छ।’ एसएस राजामौलीद्वारा निर्देशित उक्त फिल्मलाई नेपालमा गोपिकृष्ण मुभिजले वितरणको जिम्मा लिएको थियो। फिल्म देशभरका १२५ पर्दामा सोलो प्रदर्शन पाएको थियो। –

फेसबुकबाट तपाईको प्रतिक्रिया