नेपालमा VOLVO EC220 एक्स्काभेटरः अब अझ बढी शक्तिशाली, भरपर्दो र इन्धन किफायती मेसिन
काठमाडौं, चैत ४, २०८१ । पन्चकन्या ग्रुप कम्पनीले आफुले वितरण गरिने सेवा तथा वस्तुहरुमा नविनतम उच्च प्रविधिको उपकरण प्रयोग गरी ग्राहकहरुलाई सेवा गर्दै आएको छ । यो कम्पनी नेपाली बजारमा एउटा पुरानो, विश्वासीलो र भरपर्दो र अब्बल व्यापारिक कम्पनी हो ।
पन्चकन्या ग्रुपले आफनो प्रधान कार्यालय ललितपुर महानगरपालिका वडा नं ३ कृष्णगल्लीको परिसरमा एक कार्यक्रमको आयोजना गरेको थियो । उक्त कार्यक्रममा आफ्नो लगानी रहेको एक्सप्लोर अर्थ मुभर्स प्रा.लि.ले विभिन्न मेसिनहरु बजारमा विगत लामो समयदेखि बिक्री वितरण गदै आईरहेको जानकारी गराउँदै भोल्भो कन्स्ट्रक्सन इक्युपमेन्ट अन्तर्गतको नेपालको निर्माण तथा खानी उद्योगलाई अझ उन्नत बनाउने उद्देश्यले VOLVO EC220 एक्स्काभेटर नेपाली बजारमा लन्च गरेको छ जानकारी गराएको छ ।
यस कम्पनी एक्सप्लोर अर्थ मुभर्स प्रा.लि.अन्र्तगत बिक्री वितरण हुुने VOLVO EC220 मेसिन शक्तिशाली इन्जिन क्षमताको हुने हुदाँ जटिल निर्माण कार्यक्षेत्र जस्तै खानी, हाइड्रो सेक्टर, सडक निर्माण तथा अन्य कठिन कार्यहरूमा उच्च प्रदर्शन दिने गरी निर्माण भएको कम्पनीले जनाएको छ ।
यस मोडल बजारमा पाईने अन्य सोहीप्रकृतीको मेसिनहरु भन्दा १० प्रतिशत बढी उत्खनन क्षमता सहितको तीव्र हाइड्रोलिक जडित मेसिन भएको कम्पनीले बताएको छ ।
यस मेसिनको प्रयोगबाट निमार्ण क्षेत्रको कार्य क्षमता बढाई उच्च उत्पादकता दिने भएकाले ढुक्क भएर लगानी गर्न कम्पनीले आग्रह गरेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया