नेपालमा पनि विकसित मुलुकसरह सूचना प्रविधिको पहुँच

काठमाडौं- ३० असार

नेपालको कुल जनसंख्यामध्ये २१.६ प्रतिशत गरिबीको रेखामुनि छन् । राष्ट्र नै अति कम विकसित मुलुकको सूचीबाट हुट्न सकेको छैन । सन् २०२२ सम्म विकासोन्मुख मुलुकको सूचीमा पार्ने सरकारको योजनामाथि नै प्रश्न चिन्ह छ ।

यी सबका बाबजुद पनि नेपालीको सूचना प्रविधिमा पहुँच भने विकसित मुलुककै हाराहारीमा रहेको पाइएको छ ।

हालै सार्वजनिक गरिएको विश्व सूचना प्रविधि प्रतिवेदन २०१६ ले विश्वका १३९ मुलुकमध्ये सूचना प्रविधिको समग्र विकासको अवस्थाको सूचकमा नेपाल ११८ औँ स्थानमा रहेको देखाएको छ । तर, खरिद क्षमता सूचकमा भने नेपालको स्थान मात्र ३० औँमा छ ।

विकसित मुलुकहरुकै स्थान नेपालभन्दा तल देखिन्छ । खरिद क्षमता सूचकमा जापान ४९, नर्वे २८, क्यानडा ६१, स्वीट्जरल्यान्ड ७०, अष्ट्रेलिया ५७, स्वीडेन २५, सिंगापुर ७२, जर्मनी ५५ औँ स्थानमा देखिन्छन् । जबकि अन्य समृद्धिसम्बन्धी सूचांकमा यी मुलुक निकै अगाडि छन् ।

अमेरिकामा सार्वजनिक भएका ग्याजेट साताभरमै नेपालीका हातमा आइपुग्छन् । महंगो ब्रान्ड एप्पलदेखि अन्य चलेका ब्राण्डका महंगा स्मार्ट फोन बोक्ने नेपालीको संख्या पनि बढ्दो छ । यी व्यवहारहरुका सूचना प्रविधिमा चासो र खरिद गर्ने तत्परता पनि बढी भएको पुष्टि वर्ल्ड इकोनोमिक फोरमको पछिल्लो प्रतिवेदनले गरेको छ । आजको कारोबार दैनिकमा खबर छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया