नेपाललाइफ इन्स्योरेन्सद्वारा लर्निङ म्यानेजमेन्ट सिस्टमको अनावरण
काठमाण्डौ १२ कार्तिक २०८१–
नेपाललाइफ इन्स्योरेन्स कम्पनीले लर्निङ म्यानेजमेन्ट सिस्टम (नेपाललाइफ पाठशाला)को काठमाडौँमा आयोजित एक विशेष समारोहकाबीच अनावरण गरेको छ । कम्पनीका प्रमुखकार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले उक्त प्लयाटफर्ममा लगइन गरी उक्तलर्निङ म्यानेजमेन्ट सिस्टम(नेपाललाइफ पाठशाला)को अनावरण गर्नुभएको हो। उक्त कार्यक्रममा नेपाललाइफका उच्च पदस्थ अधिकारीहरु, पेशागतबीमाअभिकर्ता संघ नेपालकाप्रतिनिधिहरू तथा पेशागतबीमाअभिकर्ता संघनेपाल, बीमक समितिनेपाललाइफकाप्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्दै कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले उपस्थित सबैलाई स्वागत गर्नुभयो ।उहाँले नेपालको जनसङ्ख्यामा युवाजनशक्तिको हिस्सा दक्षिण एसियामानै सबैभन्दा बढी भएको र यो ऊर्जावान शक्तिलाई उद्यमशीलतामा लगाउन सके देशको आर्थिक विकास सहजै हुने सार्गर्भित विचार व्यक्त गर्नुभया े। भूमण्डलीकरणको कारणले विश्व एउटा डिजिटल डिभाइसमा समेटिन पुगेको र यसको प्रयोग गर्दै आर्थिक स्वतन्त्रत ाप्राप्त गर्न सबै युवालाई आग्रह गर्नुभय ो। नेपाललाइफले ल्याएको यस प्लयाटफर्मका कारण अब घरै बसीबसी आफ्नो अनुकूल समयमा बीमा अभिकर्ताको तालिम लिन सकिने र यसले बीमाको प्रचार प्रसार तथा विस्तारमा अतुलनीय भूमिका निर्वाह गर्ने कुरा बताउनुभयो ।हालको लागि नेपाल बीमा प्राधिकरणले तर्जुमा गरेको पाठ्यक्रमको आधारमा बीमा अभिकर्ताको आधारभूत तालिमको लागि श्रव्य दृश्यहरू निर्माण गरी सञ्चालनमा ल्याइएको र आगामी दिनमा कर्मचारीको सिप ज्ञान अभिवृद्धिका निम्ति पनि कार्यहरु थालनी गर्ने कुरा बताउनुभयो । यसका साथसाथै उहाँले निकट भविष्यमा नै बीमाको महत्व र बीमा सम्बन्धी सम्पूर्ण जानकारीहरू एउटै प्लयाटफर्ममाउपलब्ध गराउने अभिप्रायका साथ यस प्ल्याटफर्मलाई सशक्त बनाउँदै जाने पनि बताउनुभयो ।सोही अवसरमा यस कम्पनीले बीमाको नवीकरण शुल्कदाखिला तथा बिमा योजना अन्तर्गत लिएको कर्जाको भुक्तानी गर्नका निम्ति कम्पनीले सञ्चालनमा ल्याएको डाइनामिक क्यूआरको पनि प्रयोग गरी घरै बसीबसी सहजताका साथ भुक्तानी गर्न पनि सबैमा आग्रह गर्नुभयो ।
कार्यक्रममा बोल्दै यस कम्पनीका नायब महाप्रबन्धक उमापति पोखरेलले पहिला भौतिक उपस्थितिमा तालिमहरू प्रदान गर्दै आएकोमा यस प्लयाटफर्मले त्यो परिस्थितिको अन्त्य गरेको कुरा बताए । अब बीमाअभिकर्ता बन्ने दृढ इच्छाशक्ति भएको खण्डमा भौतिकतालिमनै लिनकुर्न नपर्ने र आफ्नो अनुकूल समयमातालिमलिई बीमालाई नेपालीको घरघरमापुर्याउन सकिने कुरा बताउनुभयो ।बीमा उद्योगमा यस्तो प्रविधिमैत्री प्ल्याटफर्मको विकास गर्ने पहिलो कम्पनीको रुपमा नेपाललाइफ रहेको र यसले सम्पूर्ण नेपाललाइफकर्मीलाई गौरवान्वित बनाएको समेत बताउनुभयो ।कार्यक्रममातालिमविभागकाप्रमुख रोजेश बस्नेतले उक्तप्लयाटफर्मको उपयोगिता र प्रयोग गर्ने तरिकाको बारेमाआफ्नो प्रस्तुतिकरणगर्नुभएको थियो । सूचनाप्रविधिविभागकाप्रमुख शरदचन्द्र प्याकुरेलले डाइनामिक क्युआरको प्रयोग कसरी गर्ने र त्यसको उपयोगितामाथि प्रकाश पार्नुभएको थिया े।पेशागत बीमाअभिकर्ता संघनेपाल, बीमक समिति नेपाललाइफका सचिव तेजमणि शर्मा तिमल्सिनाले कम्पनीले सञ्चालनमा ल्याएको प्लयाटफर्मले तालिम प्रक्रियालाई सहज बनाउने बताउनुभयो । साथसाथै उहाँले आगामी दिनमा पनि प्रविधि मैत्री कार्यहरूमा नेपाललाइफको अग्रसरता कायम रहनेमा आफू निर्धक्क रहेको बताउनुभयो। ।
यस प्लयाटफर्मले अभिकर्तालाई झन् सहजहुने कुरा समेत बताउनुभयो ।कार्यक्रममा बोल्दै पेशागत बीमा अभिकर्ता संघ नेपालका वरिष्ठ उपाध्यक्ष नारायण दाहालले प्रविधिमैत्री प्लयाटफर्मको अनावरण समारोहमा आफू सामेल हुनपाएकोमा खुसी भएको बताउनुभयो ।विगतका कुराहरू स्मरण गर्दै उहाँले करिव दुइदशक अगाडी बीमाअभिकर्ताको तालिम नियामक निकायले मात्र प्रदान गर्ने गरेको र हालको दिनमा घरै बसीबसी तालिम लिन सक्ने अवस्थाको सिर्जना गर्न नेपाल लाइफ सफलभएकोमा कम्पनीको मुक्तकण्ठले प्रशंसा गर्नुभयो ।आगामी दिनमापनि ग्राहकको सेवालाई केन्द्रबिन्दुमा राखेर विभिन्न प्रविधि मैत्रीकार्यहरू कम्पनीबाट हुनेमा पनि आशावादी रहेको बताउनुभयो ।
समापन मन्तव्य व्यक्तगर्दै कम्पनीका नायव प्रमुखकार्यकारी अधिकृत अमितकुमार कयालले यस प्रविधिको निर्माणमा प्रत्यक्ष र अप्रत्यक्ष रुपमा सामेल रहनुभएका सबै पदाधिकारीहरुलाई धन्यवाद ज्ञापन गर्नुभयो । इनोभेशनलाई केन्द्रबिन्दुमा राखेर कम्पनीको प्रक्रियालाई सहज सरल चुस्त र दुरुस्त बनाउनकम्पनी सदैव तयार रहेको र सोपथमालम्कीपनि रहेको विचार अभिव्यक्त गर्नुभयो । यसरी एक ढङ्गबाट दुई दशक पुरा गरिसकेको नेपाललाइफ अहिले पनि स्टार्टअप कम्पनीको तौर तरिकाबाट सञ्चालन भइरहेको कुरा बताउनुभयो ।प्रविधिको अभावमा अभिकर्ता तथा ग्राहकहरूले भोग्नुपरेको पिर मार्कालाई समाधान गर्न कम्पनी अहोरात्र लागिरहेको बताउनुभयो । प्रविधिमा आएको आमूल परिवर्तनलाई अङ्गीकार गर्न नसके कम्पनीले सोचे अनुसारको चौतर्फी विकास गर्न नसक्ने हुँदाकम्पनी सदैव एउटा सानो बच्चाको जस्तै जिज्ञासु भएर लागि परेको समेत बताउनुभयो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया