नेपालसँगको अविश्वास हट्योः भारतीय विदेशमन्त्री
![](https://sp-ao.shortpixel.ai/client/to_webp,q_lossy,ret_img,w_624,h_351/https://businesspati.com/wp-content/uploads/2016/06/susma-swaraj.jpg)
नरेन्द्र मोदी नेतृत्वको सरकार बनेको दुई वर्षयता भारतीय विदेश नीतिका उपलव्धिबारे आइतबार नयाँदिल्लीमा आयोजित पत्रकार सम्मेलनमा स्वराजले नेपाललगायत सार्कमा आवद्ध सबै देशसँग भारतको सम्बन्ध राम्रो रहेको बताइन् । अाजकोअन्नपूर्णमा समाचार छ ।
पत्रकार सम्मेलनमा स्वराजले दुई देशबीच सांस्कृतिक, भौगोलिक तथा ऐतिहासिक सम्बन्ध रहेको उल्लेख गरिन् । नेपालले संविधान जारी गरेलगत्तै भारतले नाकाबन्दी लगाएपछि दुई देशवीच सम्बन्ध चिसिएको थियो ।
ओलीले फागुनमा गरेको भारत भ्रमणपछि पनि नेपाल भारत सम्बन्धमा कुनै सुधार आउन नसकेको टिप्पणीका बीच भारतीय विदेशमन्त्री स्वराजको यस्तो प्रतिक्रिया आएको हो ।
नेपालले राष्ट्रपति विद्यादेवी भण्डारीको भारत भ्रमण रद्द गर्दै भारतस्थित राजदूत फिर्ता बोलाएपति दुई देशबीचको सम्बन्ध थप चिसिएको चर्चा भइरहको थियो । स्वराजले भारतले सार्क मुलुकसँगको सम्बन्धलाई भारतले भिन्न रुपमा महत्व दिइरहेको बताइन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया