नेपाली कांग्रेस, माओवादी केन्द्र र गठवन्धनबीच ३ बुँदे सहमति
काठमाडौं १९ साउन ।
नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस, र मधेसी मोर्चा सहितको संघीय गठवन्धनबीच ३ बुँदे सहमति भएको छ । फलस्वरुप प्रधानमन्त्रीको चुनावमा प्रचण्डले मधेसी मोर्चाको भोट पाउने पक्का भएको छ । सहमतिको पहिलो बुँदा संविधान संशोधन प्रस्ताव संसदमा दर्ता गर्नेबारे उल्लेख छ ।
सो सहमति पत्रमा भनिएको छ-‘मधेसी मोर्चा/ संघीय गठवन्धनले नेपाल सरकार समक्ष प्रस्तुत गरेका मागहरु मध्ये संविधानसंग सम्वन्धित रहेका विषयहरमा सहमतिको आधारमा सरकारले संविधान संशोधन विधेयक संसदमा प्रस्तुत गर्ने ।’
आन्दोलनका क्रममा भएका घटनाको छानविनका लागि पूर्व न्यायाधीशको अध्यक्षमा उच्चस्तरीय छानविन आयोग गठन गर्ने सहमति पनि दलहरुबीच भएको छ । आन्दोलनका क्रममा मृत्यु भएकालाई सहिद घोषणा, पीडित परिवारलाई आर्थिक सहयोग दिने सहमतिमा उल्लेख छ । र, घाइको उपचार खर्च, अपाङ्ग भएकाहरुलाई क्षतिपूर्ति, पक्राउ परेकाहरुको रिहाइ एबम मुद्धा खारेज गर्ने सहमति भएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया