नेपाली कांग्रेस सुध्रिनुको बिकल्प छैन
लक्ष्मण गौतम
नेपाली कांग्रेसले काम गर्यो तर आफ्नो कामको प्रचार प्रसार जनता सामु गर्न सकेन तर नेकपाले नेपाली कांग्रेसका सरकारले गरेका कामहरु पनि आफुले गरेको भनि खुवै प्रचार प्रसार गर्यो र गर्दै छ । नेकपाले मिडिया कब्जा गरेको छ । बोल्न सक्ने , लेख्न सक्ने , बिचार भएका मान्छेहरुलाई संगठित रुपमै मिडिया देखी समाजिक सँजाल अनि सडक सम्म परिचालन गरेको छ । आवाज भएका मान्छेहरुलाई पार्टिका बिभिन्न ठाउँमा जिम्मेवारी दिएको छ र उनीहरु बोली रहेका छन , लेखी रहेका छन , जनतामा भ्रम छरी रहेका छन । नेपालमा कुरा सुनेर हो वा होईन भन्ने निचोड निकाल्न सक्नेको प्रतिशत १०% पनि छैन । नेकपा आफ्नो रणनितीमा सफल भएको छ तेसैले त चुनावमा लगभग दुई तिहाई सिट जित्यो , आज केन्द्र देखी ६ वटा प्रदेशमा नेकपा कै सरकार छ । अब आउने चुनाव सम्म नेकपाले देशका गरिव देखी बौद्दिक मान्छे सबै कब्जा गर्छ , कर्मचारी देखी राज्यका सबै संयन्त्र कब्जा गर्छ । राजनितीक रुपमा नेकपा सफल हुँदै गएको छ । पार्टी भित्र जस्तो बिवाद भय पनि केपी ओलीले मिलाएर वा पेलेर लगेकै छन र मलाई लाग्छ यदी यही ब्यवस्था नै रही रह्यो भने अर्को चुनावसम्म यो देशको प्रधानमन्त्री केपी शर्मा ओली नै हुन । देश बिकास , शुशासन , समृद्दीका सम्दर्भमा मेरो केपी ओली सँग हजारौ बिमती होलान र छन तर राजनितीक हिसावले केपी ओली सफल भएका छन । दश बर्ष सम्म बन्दुक बोकेर हिंडेको पार्टीलाई आफुमा बिलय बनाएर उनीहरु माथि राज गर्दै लगभग दुई तिहाईको सरकारको नेत्रित्व गर्नु राजनितिक सफलता होईन भनेर यदी कसैले कुतर्क गर्छ भने म त्यो कुर्तक मान्ने पक्षमा छैन किनकी राजनितिक सफलता भनेकै यही हो तर यो सरकारबाट नेपाल र नेपालीले बिकास , समृद्दी र शुसासन पाउछन भन्ने कुरामा म १% पनि बिस्वस्त छैन ।
अंग्रेजीमा एउटा भनाई छ – “ Morning shows the day “ मैले नेकपाको बारेका लेखी रहदा म नेपाली कांग्रेसको असफल राजनितीक रणनिती अनि सँगठन सुधारका लागि सत्य बोल्न डराउनु हुँदैन , हिच किचाउनु हुँदैन । नेपाली कांग्रेस जनताको रगत बलिदान र सँघर्षबाट जन्मिएको देशकै सबै भन्दा पुरानो प्रजातान्त्रिक पार्टी हो तर हामी आज कहाँ छौ त ? आज हामी सँग सँसदमा बोल्न सक्ने ३-४ जना बाहेक अरु छैनन , सडक स्वतन्त्र युवाहरुले कब्जा गरेका छन , सामाजिक संजाल र मिडिया नेकपाको कब्जा छ अनि खोई हामी कहाँ छौ त ? नेपाली कांग्रेस भित्र बोल्न सक्ने , लेख्न सक्ने र नेपाली कांग्रेसको आवाजलाई आम जनता सम्म पुराउन सक्ने मान्छे नभएका हुन कि हामीले उनीहरुलाई साईड लगाईएको हो यसको समिक्षा हुन जरुरी छ । नेपाली कांग्रेसको पक्षमा कलम चलाऊन सक्ने बौद्दिक पत्रकार नभएका हुन कि साईड लगाईएको हो ? के आजको ईलेक्ट्रोनिक युगमा मिडिया बिनाको राजनिती सफल होला त ? तसर्थ यि कुराहरुमा निष्पक्ष समिक्षा अनि सुधारको आवस्यकता छ । अहिले तत्काल नै नेपाली कांग्रेस सरकारमा जाने अवस्था छैन तसर्थ यहाँ भित्रका अवसरबादीहरु पार्टी छाडेर हिड्लान , यहाँ भित्र रहेका कामको ( ठेक्कापट्टा , सरकारी जागिर ) खोजिमा रहेका धेरै युवा पनि पार्टी छाडेर हिडलान र यहाँ भित्र रहेका तर ठाउँ र सम्मान नपाएका तमाम बौद्दिक वर्ग पनि पार्टी छाडेर हिड्लान आखिर मान्छे शक्त्तीकै पछाडी हिड्छ तसर्थ अब आउन सक्ने सम्भावित भू-क्षय र अशन्तुष्टी रोक्न नेपाली कांग्रेसले रणनिती बनाउनै पर्छ । नेपाली कांग्रेसको एक कार्यकर्ताको हिसावले मेरो एक मात्र आग्रह हो – पार्टी भित्र सबैको सम्मान होस , मेरोले होईन राम्रोले ठाउँ पाओस र जसले जनताको मन र आवाज बुझ्न सक्छ , बोल्न सक्छ, बोक्न सक्छ उसैले ठाउँ पाओस । पद प्राप्तीको न्यूनतम मापदण्ड चाकडी नभएर योग्यता र सक्षमता होस । राजनिती गुट होईन पार्टी बलियो बनाउनका लागि होस । र अन्त्यमा , म भित्र कुनै स्वार्थ छैन , पद प्राप्ती मात्र मेरो उद्देश्य होईन तसर्थ म राजनितिक रुपमा सकिन तयार छु तर नेपाली कांग्रेसलाई बलियो बनाउनका लागि र यहाँ भित्र जवरजस्त रुपमा खडा गरिएको सिन्डीकेट ( गुट ) तोड्नका लागि म एक्कै आवाज उठाउन तयार छु ।
( लेखक नेपाल तरुण दल रुपन्देही जिल्ला सदस्य हुन र यो उनको निजी बिचार हो )
प्रकासित मिति २०७७–३–६
फेसबुकबाट तपाईको प्रतिक्रिया