नेपालीद्वारा अमेरिकामा पत्रिका प्रकाशन

काठमाडौँ ९ जेठ  ।

पश्चिम अमेरिकामा रहेका नेपाली समुदायले पहिलो अङ्ग्रेजी पत्रिका ‘दि हिमालयन भ्वाइस’ प्रकाशनमा ल्याएका छन् । शनिबार आर्टेसिया सहरका मेयर भिक्टर मेन्लोले एक समारोहका बीच सो पत्रिकाको शुभारम्भ गरेका हुन् ।

मेयर मेन्लोले नेपाली समुदायलाई अमेरिकामा सामाजिकीकरण गर्नका लागि यस्ता प्रकारका प्रकाशनले धेरै सहयोग पु¥याउने बताउँदै यसको निरन्तरताका लागि शुभकामना प्रदान गरे ।

अमेरिकामा नेपाली भाषामा पत्रिका प्रकाशन भइरहेको भए तापनि अङ्ग्रेजी भाषामा प्रकाशन भएको यो पहिलो पत्रिका भएको प्रधान सम्पादक पुरुषोत्तम ढकालले बताए । पत्रिकाको सम्पादक मण्डलमा योगेश उपाध्याय, राजेश मिश्र, रामेश्वर भण्डारी, सुदीप पन्त, डेभिड स्वान्सन र किशोर पन्थी छन् । रासस

 

फेसबुकबाट तपाईको प्रतिक्रिया