नेप्से परिसूचक दुई हजारको विन्दु मुनि
![](https://sp-ao.shortpixel.ai/client/to_webp,q_lossy,ret_img,w_800,h_389/https://businesspati.com/wp-content/uploads/2021/08/share-karja-1.jpg)
काठमाडौं, १७ फागुन २०७९ ।
नेप्से परिसूचक दुई हजारको विन्दुमुनि आइपुगेको छ। बुधबार नेप्से परिसूचक १,९९५.४९ विन्दुमा आइपुगेको छ। २४.४४ अंकले घटेर बजार बन्द भएको हो। तीन महिनापछि नेप्से पुनः दुई हजार विन्दु मुनि आएको हो। मंसिर २२ यता नेप्से दुई हजार विन्दु माथि नै थियो।
बुधबार लघुवित्त उपसमूह २.६५ प्रतिशत र उत्पादन तथा प्रशोधन २.२८ प्रतिशत घटेका हुन्। विकास बैंक, फाइनान्स र जलविद्युत लगायत भोलाटाइल स्टकमा ब्रिक्रेता बढ्दा समग्र बजारमा दबाब परेको हो । लगानीकर्ता अनिश्चित वातावरणमा लगानी लगाउन डराएका छन् । सेयर खरिद बिक्री सेलाएर सवा अर्ब रुपैयाँमा सीमित छ। माथिल्लो तामाकोसीको १०० प्रतिशत हकप्रद पारित हुँदा लगानीकर्ता कम्पनीको सेयरका झुम्मिएका छन्।
आदर्श लघुवित्तको सेयरमा अझैपनि लगानीकर्ताको आकर्षण कायम छ। १८९ वटा कम्पनीको सेयर मूल्य घट्दा लघुवित्तको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो। यसदिन एक अर्ब २८ करोड रूपैयाँको कारोबार भएको हो। मंगलबारको तुलनामा कारोबार रकम ७.२४ प्रतिशतले घटेको हो।
फेसबुकबाट तपाईको प्रतिक्रिया