नेप्से, सिडिएस, धितोपत्र दलाल र मर्चेन्ट बैंकरलाई धितोपत्र बोर्डको यस्तो निर्देशन
बिजनेसपाटी १५ कार्तिक
नेपाल धितोपत्र बोर्डले नेप्से, सिडिएस, धितोपत्र दलाल व्यवसायी तथा मर्चेन्ट बैंकरहरुलाई निर्देशन दिएको छ । बोर्डले ती सस्थाहरुलाई अर्धवार्षिक रुपमा लेखापरीक्षकवाट प्रमाणित नियम परिपालना प्रतिवेदन बोर्डमा पेश गर्न निर्देशन दिएको हो । ती संस्थाहरुको संस्थागत सुशासन र नियम परिपालनाको अवस्थालाई थप सुदृढ वनाउन बोर्डले सो व्यवस्था गरेको हो ।
बोर्डले धितोपत्र सम्बन्धी ऐन र सो अन्र्तगत बनेका नियम, विनियम र निर्देशनहरुमा उल्लेखित संस्थाहरुको काम कारवाहीलाई व्यवस्थित तथा पारदर्शी बनाई संस्थागत सुशासन कायम गर्न विभिन्न व्यवस्थाहरु बनाइएको बताएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया