नेप्से स्थिर तर कारोबार घटेको घटै
बिजनेसपाटी २७ पौष
आज बुधबार नेप्सेमा सामान्य करेक्सन आएको छ । आज कारोबार रकम भने घटेको छ । आजको बजारमा नेप्से १७ दश्मलब ०.३९ अंकले करेक्सन भएर ७४७६.५१ को बिन्दुमा रोकिएको छ। हाइड्रो, इन्स्योरेन्स र डेभलपमेन्ट बैंक बाहेक अन्य सूचक बढेका छन। बुधबार कारोबारमा आएका १ सय २० कम्पनीका ४ लाख ५६ हजार कित्ता सेयर खरिद बिक्रिबाट ३६ करोड २५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। बढी कारोबार हुनेमा नबिल ब्यालेन्स फण्ड १, नेपाल लाइफ इन्स्युरेन्स, एभरेस्ट बैंक, एनएमबी शुलभ इन्भेस्टमेन्ट फण्ड १, प्राइम कमर्शियल बैंक रहेका छन।
आज कमाउनेमा कर्णाली डेभलपमेन्ट बैंक, जेबिल्स फाइनान्स, सहयोगी विकास बैंक, राष्ट्रिय बिमा कम्पनीको संस्थापक शेयर, हिमालयन जनरल इन्स्योरेन्सका लगानिकर्ता रहेका छन। सहयोगी विकास बैंक र कर्णाली डेभलपमेन्ट बैंकको शेयर मूल्य १० प्रतिशतले बढेको छ । त्यस्तै गुमाउनेमा एनबी इन्स्योरेन्स , रिडी हाइड्रोपावर डेभलपमेन्ट बैंक, भार्गव विकास बैंक, पुर्णिमा विकास बैंक, रिलायबल माइक्रोफाइनान्स वित्तीय संस्थाका लगानीकर्ता रहेका छन।
फेसबुकबाट तपाईको प्रतिक्रिया