नेप्सेकाे सीईओमा कृष्णबहादुर कार्की नियुक्त
काठमाडौं २०,माघ २०७८
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को प्रमुख कार्यकारी पदमा पाल्पाका कृष्णबहादुर कार्की नियुक्त भएका छन् । माघ १७ गते बसेको मन्त्रिपरिषद्को निर्णयअनुसार कार्की नेप्सेको सीईओमा नियुक्त भएका हुन् ।
नेप्सेका पूर्व कार्यकारी प्रमुख चन्द्रसिंह साउद सर्वोत्तम सिमेन्टको सेयर इन्साइडर ट्रेडिङ्ग गरेको बाहिरिएपछि राजीनामा दिएका थिए
फेसबुकबाट तपाईको प्रतिक्रिया