नेप्सेमा आज आयो १५ अंकको गिरावट !

बिजनेसपाटी १६ श्रावण

आज आइतबार नेप्सेमा १५.७१ अंकले गिरावट आएको छ ।  आइतबार कारोबारमा आएका हाइड्रोपावर र अन्य समुहका सूचक बाहेक बाँकी सबै सूचक घटेका छ । १५.७१ अंकले घटेको नेप्से १८६२.७६ अंकमा रोकिएको छ । आज  १ सय ४१ कम्पनीका ३५ लाख ९४ हजार कित्ता शेयर बिक्रिबाट १ अर्ब ७५ करोड बराबरको कारोबार भएको छ । कारोबार भएकोमा  नेपाल बैंक लिमिटेडको मात्रै १४ करोड बराबरको कारोबार भएको छ । अन्य बढी कारोबार हुने कम्पनीहरुमा कैलाश विकास बैंक लिमिटेड, नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेड, सिदार्थ बैंक लिमिटेड, प्राइम कर्मसियल बैंक रहेका छन् । आइतबारको कारोबारमा बढी कमाउनेमा माउन्ट मकालु डेभलपमेन्ट बैंक लिमिटेड, अरुण भ्याली हाइड्रोपावर , ललितपुर फाइनान्स लिमिटेड, किसान माइक्रो फाइनान्स वित्तीय संस्था, काबेली विकास बैंकका लगानीकर्ता रहेका छन् । त्यस्तै गुमाउनेमा सिनर्जी फाइनान्स लिमिटेड, तारागाउँ रेगेंसी होटेल्स लिमिटेड, सोल्टी होटेल्स लिमिटेड, रिलायन्स लोटस फाइनान्स लिमिटेड गुहेश्वरी मर्चेन्ट बैंक अर्न्द फाइनान्सका लगानीकर्ता रहेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया