नेप्सेमा गिरावट, कारोवार रकम समेत घट्यो


काठमाडौं ३ असार २०७८।
नेप्सेमा आज सामान्य अंकको गिरावट आएको छ । आज विहिबार नेप्से १.३० अंकले घटेर २९६८.४२ विन्दुमा अडिएको हो । त्यसैगरी आज कारोबारमा पनि गिरावट आएको छ । शेयर बजारमा आज १० अर्ब ९० करोड ४९ लाख बराबरको कारोबार भएको छ । हिजो वुधबार १५ अर्ब ४८ करोड ४४ लाख बराबरको कारोबार भएको थियो ।

आज शेयरमूल्य बढ्ने कम्पनीहरुमा खानिखोला हाइड्रोपावर रहेको छ । खानीखोला हाइड्रोपावरको शेयरमूल्य करिब ८ प्रतिशतले बढेको छ ।त्यसैगरी आज सीइडीबी हाइड्रोपावर कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । आज कारोबारको आधारमा सबैभन्दा बढी नेपाल रि–इन्स्योरेन्स कम्पनीको भएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया