नेप्सेमा छ्याङ्दी हाइड्रोपावरको कारोबार खुला
![](https://sp-ao.shortpixel.ai/client/to_webp,q_lossy,ret_img,w_800,h_573/https://businesspati.com/wp-content/uploads/2017/08/Chhyangdi-hydro.jpg)
बिजनेसपाटी १९ श्रावण
नेपाल स्टक एक्चेन्ज नेप्सेमा छ्याङ्दी हाइड्रोपावरको कारोबार आजबाट कारोबार सुरु भएको छ । नेप्सेले सुरुवाती कारोबारको लागि कम्पनी शेयर मूल्य प्रति कित्ता ९८ देखि २९४ सम्म तोकेको छ । गत बुधबार कम्पनीको २७ लाख कित्ता साधारण शेयर नेप्सेमा सुचिकृत भएको थियो ।
कम्पनीले जेठ १४ देखि १८ गतेसम्म पाँच लाख चालिस हजार कित्ता साधारण सेयर निष्काशन गरेको थियो। जसमा ३२ हजार ८२४ जनाले छ्याङ्दी हाइड्रोको सेयर पाएका थिए।
कम्पनीको निर्माणमा सम्पन्न भएको २ मेगावाटको छ्याङदी खोला साना जलविद्युत् आयोजना सञ्चालनमा छ । कम्पनीले ४ मेगावाटको माथिल्लो छ्याङदी खोला साना जलविद्युत् आयोजना निर्माणको लागि आइपीओ निष्काशन गरेको हो। आयोजना प्रभावितका लागि साधारण सेयर बाँडफाँड पश्चात कम्पनीको चुक्ता पुंजी २१ करोड ६० लाख पुगेको छ। सर्वसाधारणमा आइपीओ वितरण पश्चात कम्पनीको चुक्ता पुंजी २७ करोड पुगेको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया