नेप्सेमा थपियो ४० लाख ६७ हजार कित्ता सेयर

बिजनेसपाटी १३ असार

आज बुधबार नेपाल स्टक एक्स्चेञ्जमा  २ कम्पनीका ४० लाख ६७ हजार १५३ कित्ता सेयर सूचीकृत भएका छन् ।  गत आर्थिक वर्षमा  नेपाल ल्यूब आयल र निर्धन उत्थान लघुवित्तले विबरण गरेको बोनस सेयर कारोबारका लागि सूचीकृत भएको हो । निर्धनको ४० लाख १ हजार ६५० कित्ता र नेपाल ल्युबको ६५ हजार ५०३ कित्ता बोनस सेयर सूचीकृत भएको हो  ।

फेसबुकबाट तपाईको प्रतिक्रिया