नेप्सेमा दुइ कम्पनीको शेयर सूचिकृत
काठमाडौं, ५ माघ ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आज शुक्रबार २ वटा कम्पनीको ५५ लाख ८८हजार ८५ कित्ता शेयर सूचिकृत भएको छ । शेयर सूचिकृत हुनेमा सुर्य लाइफ इन्सोरेन्स कम्पनिको बोनस शेयर नेप्सेका सूचिकृत भएको छ । कम्पनीको ६ लाख ५६हजार २ सय ५० कित्ता बोनस शेयर सूचिकृत भएको नेप्सेले जनाएको छ ।
त्यस्तै आजै ओम डेभलपमेन्ट बैंकको हकप्रद शेयर पनि नेप्सेमा सूचिकृत भएको छ । बैंकको ४९लाख ३१हजार ८ सय ३५ कित्ता बोनस शेयर सूचिकृत भएको नेप्सेले जनाएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया