नेप्सेमा दोहोरो अंकको गिरावट !

काठमाडौँ १८ श्रावण

आज  मंगलबार पनि  नेप्सेमा  दोहोरो अंकको गिरावट आएको छ ।  कारोबारमा आज आएका उत्पादन समुह बाहेक  बाँकी सबै सूचक घटेका छन् ।आज  १८.९४  अंकले घटेको नेप्से घटेको छ । आज जम्मा  १ सय ३९ कम्पनीका ३२   लाख ९८   हजार कित्ता शेयर बिक्रिबाट १ अर्ब ४२ करोड बराबरको कारोबार भएको छ । प्राइम कर्मसियल बनकोको मात्र १९ करोड बराबरको कारोबार भएको छ  । अन्य बढी कारोबार हुने कम्पनीहरुमा सिद्दार्थ बैंक लिमिटेड , नेपाल बैंक लिमिटेड, नेपाल बंगलादेश बैंक, अग्रिकल्चर डेभलपमेन्ट बैंक रहेका छन्   छन् । मंगलबारको कारोबारमा बढी कमाउनेमा ललितपुर फाइनान्स लिमिटेड, बोटलर्स नेपाल (तराई ) लिमिटेड, महिला सहयात्रा माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेड, लक्ष्मी भ्यालु फण्ड १, साझा विकास बैंकका लगानीकर्ता रहेका छन्  । त्यस्तै गुमाउनेमा प्रोगेसिभ फाइनान्स लिमिटेड, लुम्बिनी फाइनान्स लिमिटेड, सुर्य लाइफ इन्स्युरेन्स कम्पनी लिमिटेड, सिन्धु विकास बैंक लिमिटेड, ऐनआईडिसी क्यापिटल मार्केट्स लिमिटेडका लगानीकर्ता रहेका छन्  ।  नेप्से केहि दिन अघि देखि घटिरहेको भएपनि यसलाई सामान्य मानिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया