नेप्सेमा ६.२५ अंकको बृदि, ४ कम्पनीले कमाए १० प्रतिसत

बिजनेसपाटी ११ कार्तिक ।
आज बिहिबार सेयर बजार केहि उकालो लागेको छ। आज नेप्से परिसूचक ६.२५ अंकले बढेर १७५९.७१ अंकमा पुगेको छ ।
बाणिज्य बैंक, विकास बैंक, जलविद्युत र अन्य कम्पनी उप सूचक केहि बढेको छ। फाइनान्स, होटल लगाएत अन्य कम्पनी उपसूचक भने आज पनि ओरालो लागेका छन्। साताको अन्तिम कारोबार दिन आज बिहीबार १३६ कम्पनीको ६९ करोड ६४ लाख रुपैयाँ बराबरको एक लाख एक हजार कित्ता सेयर किनबेच भयो।

आज जनउत्थान सामुदायीक लघुवित्त विकास बैंकका लगानीकर्ताले सर्वाधिक १० प्रतिशत कमाएका छन् भने भिवोर सोसाइटी डेभलपमेन्ट बैंक, सिभिल बैंक र सिर्जना फाइनान्सको सेयर मूल्य पनि ९ प्रतिशत भन्दा धेरैले बढेको छ। तिहार बिदा र बुधबार भारतीय राष्ट्रपतिको भ्रमणका कारण सरकारले सार्वजनिक ५ दिन बिदा बिदा गरीपछि बजार अब एकै पटक अर्को बिहिबार खुल्नेछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया