नेशनल लाइफ इन्स्योरेन्सले लगानीकर्तालाई बोनस शेयर र नगद दिने

काठमाडौं २२ भदौ।।

नेशनल लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७४-७५ को वार्षिक साधारणसभाको तयारी सुरु गरेको छ।

सञ्चालक समितिको बिहीबार बसेको बैठकले आर्थिक वर्ष २०७४-७५ नाफाबाट २.५ प्रतिशत बोनस शेयर र १२ प्रतिशत नगद लाभांशको घोषणा गरेको छ।

२.५ प्रतिशत बोनस शेयर दिएसँगै कम्पनीको चुक्तपुँजी तीन अर्ब ८ करोड रुपैयाँ कायम हुनेछ ।  नगद लाभांश बापत लगानीकर्ताले ३६ करोड ८ लाख रुपैयाँ प्राप्त गर्नेछन्।

उक्त लाभांश बीमा समितिबाट स्वीकृति पाएपछि कम्पनीले आगामी हुने साधारणसभबाट पारिने गर्नेछ।

फेसबुकबाट तपाईको प्रतिक्रिया