नोवलले शिक्षा बाहेक स्वास्थ्यमा पनि केही ग¥यो ( अन्तरबार्ता )
उत्तम भौकाजी
गीतकार, कवि, एवं उद्यमी
१.) तपाइको पछिल्लो मनमोहनी एल्वमले कस्तो बजार ग्रहण गर्न सक्यो ? तपाइले सोचे जस्तो भयो वा भएन ?
मनमोहनी एल्वमले ब्यक्तिगत रुपमा मेरो छुटै पहिचान बनाउन सफल भएको छ । नेपाली म्युजिक इन्र्डष्ट्रीमा मनमोहनी एल्वमले छुट्टै छाप छोडेको छ । धेरै मान्छेहरुले यसवारेमा मलाई धेरै सकारात्मक प्रतिकृयाहरु दिएका छन । सांंगीतिक बजारमा यसले चेन्जिङ म्युजिकल ट्रेन्ड अर्थात धार परिवर्तन गरेको सबैले स्वीकार गरेका छन । म्युजिकल पार्ट र लेखनको हिसावले पनि मेरा लागि चेन्जिङ किन रह्यो भने यो सबै गीत मैले टिउनमाथी लेखेको कारण एक हिसावले आफ्नै कवितात्मक र गीति लयलाई पनि यसले परिवर्तन किन गरायो भने पहिलो चोटी मैले टिउनमा लेखेँ । त्यसकारण मेरो लागि फरक रहयो । त्यस वाहेक वस्र्टन र इस्र्टनको फिउ्जन गरेर स्वरुपजीले उहाँको कला,गला र सांंगितीक चेन्ज ल्याउन खोज्नु भएको छ ।
२ ) तपाइलाई अघाडी बढाउनका लागि पहिलाको एल्वम र यो मनमोहनी कसले बढी योगदान ग¥यो जस्तो लाग्छ ?
मनमोहनी एल्वम आइसकेपछी यसले मलाई स्थापित ग¥यो । हुन त मेरो पहिलाको स्पर्श र वडर््स एल्वममा पनि मान्छेहरुले मलाई जुन हिसावले हेरेका थिए । प्रोफेशनल गितकार नभएपनि म एउटा गितकार हो भन्ने जुन मान्छेले सम्झन्थे । मनमोहनी एल्वम आइसकेपछी झन् बढी मान्छेहरुले अझ राम्रो गीतकारको रुपमा स्वीकारेको मैले पाएँ । त्यसकारण अव मेरा लागि भयंकर चुनौतीका दिनहरु आएका छन । किनभने मनमोहनी जस्तो यति गाह«ो, झण्डै १० बर्ष लगाएर स्वरुपजीले मिहिनत गरेर स्टीप, टिउन लगाएर मलाई विश्वास गरेर दिनुभयो । मैले जुन उहाँले भने अनुसार गीत दिन सकेँ जसले गर्दा उहाँ खुशी हुनुहुन्छ । त्यसको अर्थ मलाई पनि अहिले अझ जिम्मेवारी थपिएको महशुस भएको छ । मेलै गरेका सबै गीतहरुले वेग्लावेग्लै प्रभाव पार्न थालेका छन ।
३.) तपाइ कला साहित्यमा निरन्तर लागि रहनु भएको छ । कुन कुराले यस क्षेत्रमा लागि रहन प्रेरणा मिलेको छ ?
प्रेरणा भन्दा पनि मुख्य त मेरो आत्मसन्तुष्टी हो जस्तो लाग्छ । किनभने कला साहित्य गीत संगीत भनेको यसैमा लागेर जिविकोपार्जन गर्नसक्ने अवस्था छैन । सबैभन्दा ठुलो कुरा यसमा मलाई स्वर्गिय आनन्द आउँछ । बच्चै देखि मलाई कथा, कविता, गीतहरुले वेग्लै किसिमको आनन्द दिन्थ्यो । त्यसैको आनन्दको फलस्वरुप मैले मेरो कविता आधार भएपनि गीती क्षेत्रमा प्रवेश गर्नुको कारण के हो भने मलाई एक हिसावको स्वर्गिय आनन्द जस्तो लाग्छ । म यस क्षेत्रमा कसरी आएँ भन्दा चाँही यो बच्चै देखि लिएर आउने गुण पनि हो । सबैभन्दा ठुलो कुरा आनन्द प्राप्त हुने कारणले यस क्षेत्रमा निरन्तर लागिरहेको छु ।
४) तपाइको उपन्यासको पनि तयारीमा हुनुहुन्छ भन्ने सुनिन्छ । कस्तो किसिमको उपन्यास ल्याउँदै हुनुहुन्छ ?
हे म उपन्यासको तयारीमा छु । उपन्यासको पार्टमा भन्दाखेरी जस्तो म अमेरिका ४–५ चोटी ओहोर दोहोर गरिसकेँ । पछिल्लो चरणमा मेरो अमेरिका आउने जाने क्रम बढी भएकोले मेरो कथावस्तु जस्तो अमेरिकामा बस्ने नेपालीहरुसँग सम्बन्धित छ । त्यहाँ थुप्रै पात्रहरुसँग मेरो भेटघाट चिनजान भएको कारणले जस्तो अमेरिकालाई मानिसहरु सपनाको देश भन्छन त्यहाँ जानासाथ पैसा टिप्न पाइन्छ भन्ने जुन कल्पना छ, त्यहाँ सुती सुती खान पाइन्छ भन्ने जुन भ्रम छ । त्यो विल्कुल फरक रहेछ । त्यहाँ पनि एउटा छुट्टै खालको वेदना रहेछ । त्यहाँ पनि मान्छेका जटिल खालका पिडाहरु रहेछन । त्यहाँ पनि कहाँ आनन्द रहेछ र ? सबैका पृथक पृथक कथा रहेछन । ती पात्रहरुको कथाहरुलाई लिएर मैले छुट्टै खालको एउटा खाका कोरेको छु । तयारीकै क्रममा छ हेरौं सकेसम्म चाँडै नै बजारमा ल्याउने प्रयत्न गर्नेछु ।
५) तपाइ साहित्य संंगीतको आलवा नोवल जस्तो प्रतिष्ठित कलेज,हस्पिटल र ऐकेडेमीको हिस्सेदार हुनुहुन्छ । यसरी आफनो शैक्षिक व्यवसाय र साहित्यको क्षेत्रलाई कसरी एकैचोटी मिलाएर लानु भएको छ ?
विहान देखि वेलुकीसम्म मेरो आफ्नो शैक्षिक संस्थासँगै समय वित्छ । मैले नोवल ऐकेडेमीको पार्टमा स्कुल, प्लसटुसम्मको मेरो जिम्मामा छ । विधार्थीसँगै समय वितेको मलाई थाहा हुदैन । फुर्सदको समयमा अथवा अफिसमै बस्दा कुनै पनि बेला म लेख्ने काम गरिहेको हुन्छु । फेरी यो साहित्य सिर्जना भनेको निश्चित समय छुट्याएर हुने पनि होइन । कुन बेला मुड चल्छ अथवा लेखौ लेखौं भन्ने दिमागमा आउँछ त्यही वखत लेख्न थाल्छु । समयले खासै फरक पार्दैन । तर के छ भने मेरो फुल टाइम नोवलमै हुने भएकोले मैले कलेज अवधिमा पनि कहिले काँही लेखेको अवस्था हुन्छ । प्राय जसो म विहानीपख, घरमा गइसकेपछी राती पनि लेख्छु । तर एकदमै लेट नाइट लेख्न सक्दिन । विहानीपख कहिले काँही कुरा आयो भने म त्यसलाई उर्ताछु । फ्रि टाइम पुरै विजी नभएको समयमा मुड चल्दाखेरी सिर्जनाहरु गर्ने गर्छु ।
६) अचेल धेरै मान्छे असफलता र कुण्ठाले ग्रस्त भएका भेटिन्छन् । धेरै क्षेत्रमा यो देखिन्छ । स्वदेशमै केही गर्न सकिएन भनेर विदेश पलाएन भएकाहरुले पनि नसोचेका दुख कष्ट पाएका छन । तपाइ भने नेपालमै साहित्य र व्यवसाय दुवैमा सफल देखिनुहुन्छ । यो सफलताको श्रेय के हो ?
निरन्तर लगनशीलता नै सफलताको श्रेय हो जस्तो लाग्छ । धर्यता पनि हुनुप¥यो । एक हिसावले भाग्यले पनि साथ दिनु प¥यो । म देख्छु कतिपय मान्छेहरु निरन्तर काम पनि गरिरहेका हुन्छन । धेरै कुराहरु नमिलेको अवस्थामा अथवा के के टिउनिङ नमिलेर पनि मान्छेहरु असफल भएको मैले देखेको छु । तर सबै कुरा इमानदारीता र विश्वासमा भर पर्छ । पार्टनरशीपकै कुरा गर्दा पनि एक अर्काको विश्वासको वातावरणमा इमानदारीता र लगनशील साथ कुनै काम थालियो भने देखि आफनो उदेश्यमा असफल भइन्छ जस्तो मलाई लाग्दैन । म त धेरै विदेशका ठाँउहरु प्नि घुमेको छु । विदेशमा पनि धेरैले दुख पाएका अवस्था छन । किनभने वाहिर उनीहरु सपना लिएर जुन हिसावले गएका हुन्छन । धेरै त सोचे जस्तो नभएर फ्रस्टेर्ट भएका समाचार पनि तपाइहरुले हेरिरहनु भएकै छ । कतिले त आत्महत्या गरेका उदाहरणहरु पनि छन । किनभने उनीहरुले यहाँबाट धेरै ऋण पान गरेर वाहिर गएका हुन्छन । फर्कों ऋण डुबेको हुन्छ । बसौ सोचेजस्तो हुदैन । त्यसले गर्दा यसो हेर्ने हो भने विदेश भन्दा त स्वदेशमै पो अवसर देखिन्छ । आफुलाई अपडेट गरेर के चीजको माग छ बजारमा, आफुलाई अपडेट गर्न सकियो भने नेपाल नै स्वर्ग हुन्छ जस्तो लाग्छ मलाई ।
७) नेपालको राजनीतिक अत्यन्त अस्थिर छ । युवाहरुमा निराशा र पलायनवाद मौलाएको छ । युवाहरुलाई सल्लाह दिनुपर्दा तपाइ के भन्नुहुन्छ ?
एकदमै राम्रो प्रश्न गर्नुभयो । नेपालको धेरै कुरा, धेरै काम र हाम्रै व्यवसायकै कुरा गर्ने हो भने, युवाहरुको फ्रष्टेर्सनको कुरा गर्ने हो भने, उधोगधन्दाका कुरा गर्ने हो भने सबैसबै राजनीतिक अवस्थाले प्रताडित छन । सबै क्षेत्रमा निराशा बढेको छ । राजनीतिक स्थायित्व हुने हो भने धेरै ठाँउबाट राम्रा कुराहरु आउदै छन भन्ने सुनिन्छ । तर संविधान बनिसकेको छ । अर्को गाह्रो के छ भने अझै पनि विभिन्न कलेवरमा बाहिर आएका राजनीतिक दस्ताहरुको चन्दाआतंंक अधापी जारी छ । त्यसले अझै गाह«ो पारिरहेको छ । यो अवस्थामा धेरै मान्छेहरुले हामीलाई सताइरहेका हुन्छन । निर्धक्क व्यवसाय गनर्, हामीलाई प्रमोट गर्ने भएनन् । देशका लागि यिनिहरुले गरेका छन् हामीले पनि यिनीहरुलाई सहयोग गर्नुपर्छ भन्ने छैन । धेरै कुराहरुमा भिक्टिम हुनु परेको छ । नेपालमा काम गर्ने वातावरण नभएको, लगानी सुरक्षा नभएको कारण वाहिर गएकाहरु पनि छन । कतिपय चाँही वाहिर गएकाहरु पनि यो देशमा राम्रो हुन्छ भने नेपालका लागि गर्छौ भन्नेहरु पनि मैले भेटेको छु । त्यसले गर्दा देशलाई, राष्टलाई सम्झेर नेताहरु सबै मिलेर देश बनाउन, अस्थिरता घटाउने कामहरु भयो भने पक्कै हाम्रो देश स्वर्ग तुल्य हुन्छ ।
८ ) अहिले त मारमा शैक्षिक बेरोजगारहरु छन । ती जस्तो तपाइको शैक्षिक सस्थामा पनि पढिरहेका छन । तीनहरुको पढाइ सकेपछीको अवस्था कस्तो छ ?
हेइन एकदमै अन्यौलमा छन उनीहरु । प्लसटु सकिसकेपछी उनीहरु बाहिरै जाने तर्खर गर्छन । जो पनि बाहिरै जाने, बाहिरै जाने । जस्तो उच्च शिक्षाको लागि पनि बाहिरै जाने । किनभने बाहिर अवसर धेरै छन् भन्ने हिसावले उनीहरु गएका छन । उच्च शिक्षा त नेपालमै पनि हुन्छ । त्यसपछी के गर्ने भन्ने अन्यौलमा हुन्छन उनीहरु । अव बैंकिङ कति खुले अहिले सबै मर्जरमा छन । किनभने खुल्न त खुले भयो के भने लगानी कहाँ गर्ने ? लगानीको वातावरण नभएपछी त त्यो आखिर मर्जर नगरी काम छैन । कतिपय डुबिरहेका अवस्थामा पनि छन । त्यसले गर्दा सबै कुरा राम्रो हुने हो भने अहिलेको जेनेरेसन यति धेरै बुझने भैसके । बाहिर पनि जथाभावी दुख पाएका कुरा आइसकेपछी उनीहरु पनि सकेसम्म बाहिर जान नपाए यही ब्यवस्था भए यही बस्न चाहन्छन । तर के गर्ने दुखद कुरा के छ भने लाखौ मान्छे कतार गइरहेको, खाडी मुलुकमा गएर दुख पाइरहेको कुराहरु हामीले सुन्न पढन पाइरहेको अवस्था छ । अहिले देशमा अवसरको वातावरण दिन टेक्निकल विषयहरु पनि हामीले पढाइ राखेका छौ । त्यस्ता प्राविधिक विषयहरु लिएर चाँही यो देश भित्र सरकारी नीति नियम दह«ो बनाएर त्यो अनुसार जाने हो भने पक्कै पनि मलाई लाग्दैन की अहिलेका विधार्थीहरु बाहिर आर्कषित हुन्छन ।
९) सबै खालको चुनौतीहरु मोल्न ,फेस गर्न सक्ने, देशमै केहीगर्न सक्ने शैक्षिक जनशक्ति निर्माण गर्न किन सकिएको छैन ?
यो सबै नीति नियममै खड्किएको छ । किनभने तपाइले अहिले नै देख्नु भएको छ । जस्तो एसएलसी अव कोही पनि फेल नहुने । ग्रेडिङ सिस्टम एक हिसावले फेलको सङख्या बढेकाले वेरोजगारी बढेको भन्छन । एसएलसी किन अडकाउने ? एक हिसावले नराम्रो त होइन । किनकी मानौ एसएलसीकै कारण रोकिएर पनि कहिल्यै पास नहुनेहरु झनै पिडित हुन्थे । तीनलाई राम्रो भयो । तर सिधा हेर्दाखेरी यो त नराम्रै जस्तो लाग्छ मलाई चाँही । जुन हिसावले मैले पढछु मैले केही गर्नुपर्छ । तगडा भएर निक्लनुपर्छ भन्ने अव भएन । उसले समय कटाए पास हुने भयो । जस्तै भनौ स्कुल धाएपछी यति बर्ष कटाएपछी अटोमेटिक पास’ हुने भन्ने कुरा त राम्रो भएन । तर फेलहुनेहरुको सख्या जुन छ त्यसलाई पनि ब्यवस्थीत ढंगले हाम्रो शिक्षामा अलिकति परिमार्जन गर्न के कसरी पास प्रतिशत बढाउन सकिन्छ भन्ने कुराबाट गएको भए अलिकति केही हुन्थ्यो । तर सजिलो निकास के गरिदियो भने ग्रेडिङ सिस्टमले उनीहरुलाई टाउको दुखाइ नभएजस्तो भयो । तर कहिल्यै पास नहुनेहरुलाई अवसर चाँही भयो फेरी । भनाइको मतलव बर्वादै भयो जस्तो लाग्छ मलाई ।
९) नोवलको समग्र शैक्षिक अवस्था कस्तो छ ?
हम्रो यात्राले १७ बर्ष पार ग¥यो । यो अवस्थामा नोवलले शिक्षा बाहेक स्वास्थ्यमा पनि केही ग¥यो । र, हामीले हुन त प्लसटुबाट सुरु ग¥यौ । पछी स्कूलमा गयौं । त्यो पछी ब्याचलर तीर गयौं । फेरी अहिले विभिन्न टेक्निकल विषयहरुमा अघि बढेका छौ । किनभने राष्ट्रका लागि टेक्निकल दक्ष्य जनशक्तिको आवश्यकता छ । त्यसलाई फोकस गरेर अघि बढयौ । अहिले अस्पतालसम्म हामी पुगेका छौ । पढाउनु मात्रै ठुलो कुरा होइन । हामीले पढाइरहेका विधार्थी धेरै विदेश तिर गए । यो अवस्थामा के गर्ने त ? यहाँको जनशक्तिलाई सकेसम्म यहँी रोजगारीको अवसर किन नदिने भन्ने हिसावले हामीले नर्सिङ,विविएलटी लगायत शिक्षण गराउन थाल्यौ । भोली गएर प्रोजेक्टहरुमा पनि काम गर्न सक्ने दक्ष्य जनशक्ति निर्माण गर्ने खाले विषयहरु पढाउन थालेका छौ । जे होस अवसर यही नेपालमा होस भनेर भोली गएर नोवलका मेडिकल जनशक्तिलाइ अन्त जानु नपरोस तीनिहरुले सजिलै यहँी रोजगारी पाओस भन्ने हामीले सोचेका छौ । अवसर पनि दिएका छौ । अहिलेसम्म जति पनि ब्याचलर सकेर निक्लिएका विधार्थीहरु छन तिनीहरुले यहँी नै रोजगारी पाएको अवस्था छ । यसरी हाम्रो तर्फबाट सकेसम्म यहँी अवसर होस विदेश जानु नपरोस् भनेर हामीले यहँी रोजगारीका अवसरका लागि लागि परेका छौ । तर हाम्रो एक्लो प्रयासले मात्र हुदैन । जस्तो भनौ विविए सकेका विधार्थीहरु वैकिङ सेक्टरमा जान्छन । ती देख्दा हामीलाइ पनि खुशी लाग्छ । तर नोवेलले के गर्दैछ त यसपछी के गर्ने भनेर भन्ने कुरा चाँही देशको परिस्थीतिमा भर पर्छ ।
१०) अहिलेको नेपाली साहित्यको अवस्थालाई कसरी मुल्याङकन गर्नुहुन्छ । बजार कस्तो छ ? पछिल्ला कृतिहरुलाई कसरी मुल्याङकन गर्नुहुन्छ ?
पछिल्लो अवस्थामा साहित्य एकदमै उज्जागर भएको म देख्छु । बजार बढेको छ । नेपाली साहित्य अन्र्तराष्ट्रिय स्तरसम्म पुगेको छ । नेपाली कृतिहरु अनुवाद भएर थुप्रै विदेशी भाषामा आउन थालेका छन । त्यस बाहेक सहज रुपमा विश्वको जुनसुकै कुनामा रहेर साहित्य हर्नेसक्ने वातावरण बनेको छ । अर्को पाटो कुनै प्रतिभाहरुलाई पहिले जस्तो प्रज्ञा प्रतिष्ठान, साझा प्रकाशन भनेर पर्खनु पर्दैन । अहिले विभिन्न प्रकाशन सस्थाहरुले विभिन्न अवसरहरु दिएर व्यवसायिक हिसावले पनि पत्रिकाहरुमा, अनलाइनहरुमा ल्याइदिएर पुस्तकहरुलाई चर्चित बनाइदिएका छन । अहिलेको पछिल्लो पुस्ता भाग्यमानी छ । पहिले एउटा यस्तो पुस्ता थियो त्यो धेरै लेखेपछी, पत्रिकामा छापिएपछी वरिष्ठ साहित्यकारको दर्जामा पुग्थ्यो अहिले त्यस्तो छैन । मलाई के लाग्छ भने प्रतिभा छ भने छापिनु पर्छ भन्ने पनि छैन । एकैचोटी बुक लेखकको रुपमा पनि निक्लिएर कतिपय स्थापित भएका छन । सेलिब्रेटी लेखक पनि भएको मैले देखेको छु । त्यसले गर्दा पहिले भन्दा त अहिले कता कता धेरै बजार बढेको छ सहित्यको ।
११) पछिल्ला कृतिहरु मध्ये नाम लिएरै भएपनि कुन कुन राम्रो लागि रहेको छ ?
अमर न्यौपानेजीको सेतो धर्ती एकदमै राम्रो लाग्यो । त्यसैगरी बुद्धि सागरजीको कर्नाली ब्लुज पनि मन प¥यो । त्यसैगरी विजय कुमारको खुशी पनि मैले अमेरिकामा रहँदा पढन पाए । त्यो कृति पनि उत्कृष्ठ नै लाग्यो । त्यस वाहेक अरु कृतिहरु त आइरहेका छन । तर सबै मैले पढन भ्याएको छैन ।
१२) अन्त्यमा केही भन्नु छन की ?
आफ्नो कुरा राख्ने यो अवसर दिनु भयो त्यसको लागि विजनेसपाटी डटकम अनलाइनलाई धन्यवाद ।
प्रस्तुति रिसब गौतम
फेसबुकबाट तपाईको प्रतिक्रिया