पत्रकार तथा बिजनेसपाटीको स्तम्भकार खरेल सम्मानित

काठमाडौं– ३१ भदौ २०८१

‘कर्म अनुसार आ–आफनो पहिचान, विभिन्न व्यक्तिहरुलाई सम्मान‘ को नारासहित एभरग्रीन वर्ल्डवाइड इन्टरटेन्मेन्टले १२औँ वार्षिकोत्सवको अवसर पारेर सोमवार केही कलाकार, समाजसेवी तथा पत्रकारलाई सम्मान गरेको छ । सो अवसरमा वरिष्ठ पत्रकार तथा बिजनेसपाटी डटकमका स्तम्भकार नन्दलाल खरेल सम्मानित भएका छन् ।

चलचित्र विकास बोर्डको सभा हलमा अभिनेता शिव श्रेष्ठ प्रमुख अतिथ्यतामा आयोजित समारोहमा कलाकार रमेश बुढाथोकी, नृत्य निर्देशक राजु शाह, अभिनेता, निर्देशक तथा चलचित्र निर्माता संघका अध्यक्ष नवल खड्का, नेपाल चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौला तथा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी विशिष्ठ अतिथिको रुपमा रहेका थिए ।

May be an image of 1 person and text

कार्यक्रममा कलाकारहरु राजाराम पौडेल, शिवहरी नेपाल, रामचन्द्र अधिकारी, उत्तम केसी, शिव ढकाल, नारायण प्रधान, सविन श्रेष्ठ, पुकार भटराई, रवि डंगोल, निर्मल ाज पौडेल, पवन केसी, मञ्जु श्रेष्ठ बिजुली, एसराज गराच ९सुरज कार्की०, दन्त चिकित्सक डा सुवास घिमिरे, बालरोग विशेषज्ञ डा। रामानन्द चौधरी, गायक पवित्र श्रेष्ठ, भाषावीद तथा लेखक तेज बहादुर प्रधान, दिक्पाल कार्की, गायक तथा संगीतकार विनोद ढकाल, पत्रकार नन्दलाल खरेल, राजन थापा लगायत ब्यक्तित्वहरुलाई कदरपत्रसहित सम्मानित गरिएको थियो ।

समारोहमा उत्कृष्ठ फिल्मको रुपमा ‘छक्कापञ्जा–३’ का निर्देशक तथा कलाकार दिपाश्री निरौलालाई कदरपत्रसहित सम्मान गरिएको थियो । समारोहमा पत्रकार विष्णु प्रसाद सुबेदी, लोक गायक सफल श्रेष्ठ, निर्देशक दिल बहादुर तामाङ, गायक नारायण थापा, प्रेम बहादुर कार्की, कोरियोग्राफर दिपक तामाङ, अभिनेत्री आशा भुषाल, कलाकार दिप गरुुङ, गीतकार प्रेम बहादुर तामाङ, गोकुल सुबेदी, कलाकार शुशिला उप्रेती, सुगत तारङ्गीत, हास्य कलाकार सुरेश तिमल्सिना, कलाकार तथा व्यवसायी राजु कार्की, समाजसेवी सविना कटवाल, बाल कलाकार दीपसंग सिलवाल, गायक दाउत राई तथा व्यवसायी एवं समाजसेवी मेलिना राईलाई कदरपत्रसहित सम्मान गरिएको थियो ।

कार्यक्रममा पञ्चे बाजासहित साँस्कृतिक प्रस्तुतिहरु दिइएको थियो । कार्यक्रमको सञ्चालन एभरग्रीन वर्ल्डवाइड इन्टरटेन्मेन्टका अध्यक्ष गोपाल ढकाल ९छन्दे० ले गरेका थिए । एभरग्रीन वर्ल्डवाइड इन्टरटेन्मेन्टले विगत १२ वर्षदेखि कलाकार तथा विभिन्न विधाका ब्यक्तित्व तथा प्रतिभाहरुलाई सम्मान गर्दै आएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया