पथलैया—वीरगंज ६ लेन व्यापारिक मार्ग निर्माण सुरु
लक्ष्मी पाण्डे
बारा ३ मंसिर
वीरगंज–पथलैया ब्यपारीक मार्ग ६ लेन सडकको निर्माण कार्य यसै साता देखि सुरु भएको छ । सडक विभाग व्यापारिक मार्ग विस्तार आयोजना अन्र्तरगत वीरगंज–पथलैया सडक ६ लेनको सडक निर्माण अनुमति प्राप्त निर्माण कम्पनिहरुले सुरु गरेको हो ।
सडकको २५ मिटर भित्र निर्माण सामग्री ल्याउने थुपार्ने, स्थानीयको सहजका लागी मध्य भागबाट रेखा लगाउने चिन्ह निर्धारण गर्ने, संरचना खाली स्थानहरुमा सडकको उचाई बराबर सम्याउने र खाल्टाहरु पुर्ने कामलाई निर्माण कम्पनीहरुले तिब्रता दिएपछि सडक निर्माणले गति लिएको हो ।
५ अर्ब ६५ करोडको लागतमा पथलैया देखी बिरगंज २७ कीलोमिटरको ब्यापारीक मार्ग ६ लेन सडक निर्माण आयोजनाले थालेको हो ।
२५ मिटर भित्र पर्ने ब्यक्तीहरुले समेत निजी संरचना , घर ,टहरा , पर्खाल आफैले हटाउन थाले पछि ६ लेन सडक निर्माण समयमै सम्पन्न हुने देखिएको छ । स्थानीयकै ब्यापक उत्साह देखीए पछि निर्माण कार्यले गती लीने योजना प्रमुख रवीन्द्रलाल दासले बताए ।
६ लेनको मार्ग विस्तार कार्य योजना अनुसार वीरगंज सुक्खा बन्दरगाह–परवानीपुर ११ किमी दूरीको लागि तीन प्याकेजमा रु २ अर्ब ३८ करोड र परवानीपुर–पथलैया करिब १६ किमी दूरीको लागि तीन प्याकेजमा रु ३ अर्ब २७ करोडको लगत स्टीमेटमा टेन्डर भएको थियो ।
यो मार्ग सडक निर्माणको लागि नेपाल, भारत र चीनका ४४ बटा निर्माण कम्पनीहरुले बोलपत्र दर्ता गरेका थिए जस मध्ये ४ बटा नेपालका निर्माण कम्पनीहरुले कार्य अनुमती पााएका छन । ५ वर्ष्भित्र पूरा गर्ने कार्ययोजना रहेको सो सडक निर्माणको लागत इस्टिमेटभन्दा २५–२५ प्रतिशत कम घटीमा रकम टेन्डर दर्ता भएकोे थियो ।
६ लेनको सडक बिस्तार क्षेत्रभित्र पर्ने बिजुली तथा फोनको पोल, तार, रूख हटाउन नेपाल विद्युत् प्राधिकरण, नेपाल दूरसञ्चार कार्यालय र जिल्ला वन कार्यालय, गढीमाई नगरपालीका सम्बन्धित गाबीसहरुले घर, टहरा, छाप्रो हटाउन थालेको छन ।
यस सडक विस्तार योजनाभित्र पर्ने घरघडेरीलाई कुनै किसिमको आर्थिक सहयोग गर्ने योजना नरहेको बताउदै दासले योजना सम्पन्न गर्न निर्माण कम्पनी संगै बाताबरणीय प्रभाब मुल्यांकनको पनि काम संगै हुने बताए ।
नेपालकै आर्थिक राजधानि प्रबेश गर्ने प्रमुख ब्यपारीक मार्ग रहेको यस सडक खण्ड निर्माणमा स्थानीय ब्यबसायी, उधोगी र सर्बसाधारणले चासो र खुसी ब्यक्त गरेका छन ।
फेसबुकबाट तपाईको प्रतिक्रिया