परासीमा झडपः२० भन्दा बढी घाइते
काठमाडौ १३ फागुन, २०८१ । नवलपरासीको बेलासपुरमा मंगलबार प्रेम सम्बन्ध को विषयमा झडप हुँदा २० जनाभन्दा बढी घाइते भएका छन् ।
प्रेम सम्बन्धको विषयलाई लिएर केटा पक्ष र केटीपक्ष बीच विवाद उत्पन्न हुँदा यसको परिणाम गम्भीर देखिएको छ । झगडाले ठूलो रुप लिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
पछि फेरि प्रहरीसँगै आक्रोशित भएर स्थानीय प्रहरीको गाडी समेत जलाएका थिए । आगजनीबाट एक कवार्ड गोदाम समेत जलेर नष्ट भएको छ । जलेको कवाडए गोदाममा भने केटी पक्षको आफन्तको रहेको र केटा पक्षका आगो लगाइदिएको जानकारी छ ।
आगजनीबाट केटी पक्षको तर्फ निर्क क्षति भएको छ । केटा र केटी दुवैको घर छोट्की कुस्मा गाउँमा छ ।
विवाद चर्किदै गएपछि स्थिति नियन्त्रण लिन प्रहरीले ५ राउन्ट अश्रु ग्यास र ३ राउण्ड हवाई फायर गरेको छ । झडपका क्रममा केही सर्वसाधारण पनि घाइते भएको खबर छ । घाइते हुनेहरुमा चार जना नेपाल प्रहरीका रहेका छन् भने उनीहरुको अवस्था सामान्य छ ।
विवाद चर्किदै गएपछि आगजनीमा संलग्न चार महिलासहित पाँच जनालाई पैहरीले पक्राउ गरेको छ भने अन्यको खोजीकार्य भइरहेको बताइएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया