“परोपकार”–युगकवि सिद्धिचरण श्रेष्ठ
– स्वयम्भू शाक्य
परोपकार गर्नु आफैमा धर्म मात्र होइन कर्म पनि गर्नु हो । प्राणी जगत्को उपकार गर्नु , निस्वार्थ भावनाले कसैको सेवा गर्नु , दीन दुःखीहरmलाई एकमुठ्ठी अन्न दिनु, तिर्खालुहरmलाई एक अञ्जुली पानी पिलाउनु वास्तबमा परोपकार हो । पुण्य हो । सुखको माग हो । देवत्वको आत्मा हो । जो पुण्यसंग सम्बन्धित छ । जो दुःखनाशक संग सम्वन्धित छ । जो सुखसंग सम्वन्धित छ । जो पापनाशकसंग सम्वन्धित छ ।
भनिन्छ अरmको भाग खोसेर जिउने मान्छेले साच्चैं भने हो भने विष र अमृत छुट्याउन सकिदैन । किनकि उसलाई मोक्षको मार्ग थाहा छैन । प्रेमको अनुभूति थाहा छैन । सत्यको ज्ञान थाहा छैन । आत्माको ज्ञान थाहा छैन । आत्म विश्वास गुमेर आत्मबल हराएको बेला परोपकार विना मानव जीवन कस्तो हुन्छ भन्ने कुरा थाहा छैन । मनुष्य जीवनमा परोपकार विना मानव प्रेमको अर्थ थाहा छैन । युध्दको बेला परोपकार विना घाइतेहरmलाई कसरी वचाउन सकिन्छ भन्ने कुरा थाहा छैन । खान नपाएको वेला परोपकार विना मान्छेँ कसरी वाँच्न सकिन्छ भन्ने कुरा थाहा छैन । त्यसैले एउटा मान्छेँ ,मान्छेँ भएर पनि मान्छेँको ठाउँमा उभिन नसके पछि हामी कसरी त्यसलाई मान्छेँ भनी सम्वोधन गर्न सकिन्छ ?
मन हरियो हुनु पर्दछ । जसको मन हरियो हुन्छ उसले अलौकिक आनन्द प्राप्त गरिन्छ । जो स्वार्थी छ उसले आफूलाई मात्र हेर्ने गरिन्छ । त्यसले मन हरियो पार्नु छ भने अलिकता दया र माया पैँचो लिए हुन्थ्यो । अलिकता त्याग र तपस्या गरिदिए हुन्थ्यो । अलिकता मानवीय दृष्टिकोणले हेरि दिए हुन्थ्यो । तव मात्र तिमी मानव बन्न सक्छौं । तव मात्र तिमी मानव भएर मानवको व्यवहार बुझ्न सक्छौं । तव मात्र मनुष्य भन्दा माथि उढ्न सक्छौ । तव मात्र परोपकारको ज्ञान पाउन सक्छौं ।
हामीलाई थाहा छ, दया, क्षमा र प्रमको संगम परोपकार हो । यो पृथ्वीतलमा समस्त प्राणीहरmको हार परोपकार मात्र होइन सृष्टिको आधार पनि हो । मान्छेँलाई मान्छे बनाई राख्ने, मान्छेलाई दानववाट जोगाउने, मान्छेलाई गिराउन नदिने, मान्छेलाई ज्योति भंmंै प्रकाश दिने परोपकार आफैमा ईश्वर हो । परोपकार आफैमा संजिविनी हो ।
परोपकार धर्म हो, परोपकार कर्म हो
परोपकार गर्नु नै मनुष्य खास बन्नु हो
परोपकार यान हो, मनुष्य माथि चढ्नुको
परोपकार ज्ञान हो, मनुष्य जाति मात्रको ।
परोपकार हार हो, समस्त प्राण प्राणको
परोपकार धार हो, दया ,क्षमा र प्रेमको
परोपकार ज्योतिले अगाडि सृष्टि बढ्दछ
परोपकार मन्द भैं मनुष्य लोट्छ गिर्दछ ।
परोपकार गर्नु ईश्वरको सेवा गर्नु हो । जसले ईश्वरको सेवा गर्छ उसको यो लोक र परलोकको बाटो खुलेर मनमा सन्तुष्टि र शान्तिको बास हुने गरिन्छ । त्यसैले परोपकार गर्नु छ भने ठूलो होइन सानै कुराबाट शुरm गरौं । कसैको भलाईका निम्ति आफूले जे गर्न सकिन्छ त्यही कुरोबाट आँखा खोल्ने गरौं । मानवीय दृष्टिकाणको नाताले मानवतालाई जोगाउन, सामाजिक दृष्टिकोणको नाताले समाजलाई उन्नति र प्रगति गर्न, स्वतन्त्रताको दृष्टिकोणको नाताले वेथितिहरmलाई फालेर सफा गर्न, समस्याको दृष्टिकोणको नाताले नानाथरीका विपतिजालहरmको च्याटेर फाल्न परोपकारका आवश्यकता छ । परोपकारलाई जीवनको अभिन्न अंग बनाउनु छ ।
गरीब हुनु पुर्वजन्मको फल होइन् । यो त आफ्नो आवश्यकतालाई पूर्ति गर्न नसक्नुको परिणाम हो । एउटा मान्छेँलाई चाहिने गाँस, बास र कपास भैदिएको भए कसरी गरीब हुन सकिन्छ र ? इच्छाले खोजेको काम गर्न पाउने भए कसरी बेरोजगारी भएर बस्नु पर्छ र ? काम र माम नपाए पछि कसरी आफ्नो बास वनाउन सकिन्छ र ? खानका लागि नै जीवन भौतारिन्दै हिड्नु पर्छ भने विरामी हुँदा कसरी उपचार गर्न सकिन्छ र ? त्यसैले म गरीब छु । आमाबुबा विना वाँचेको अनाथ मान्छेँ हुँ । मेरो त यहाँ के छ र सहारा ? म त भाग्य विना वाँचेको अभाग्य मान्छेँ हुँ ।
मेरो देश धनी भएर पनि गरबिको लाममा उभिएको छ । यहाँ के छैन र ? सबै थोक भएर पनि केहि नभएको जस्तो छ । एकमुठ्ठी मान्छेहरm धनी छन् । अधिकाशं मान्छेहरm गरीब छन् । बाँच्नका निम्ति यसोतसो मुस्किलले जीवन गुजरा चलाई रहेका छन् । ज्ञानको अभावमा , ज्ञानको ज्योति बाल्न नसकेर यहाँ धेरै मान्छेहरm रmढीवादीले ग्रस्त छन् । धेरै वेथितिहरmको चाङ्ग छन् । धेरै रोगीहरmको लाम छन् । धेरै शोषितहरmको वस्ती छन् । जालो च्याट्न नसकेर आफ्नो हक र अधिकारलाई बन्धकी राखी यहाँ भोक, रोग र शोकले मान्छेँहरm जीवन विताई रहेको छन् । आफ्नो सर्वश्व लुटेको टुलुटुल हेरेर पनि प्रतिवाद गर्न नसक्ने मान्छेहरmमाथि सामान्तीहरmले राज्य चलाईरहेको छन् ।
किनहोला , एउटा मान्छे दानव किन बन्न खोजेको होला ? एउटा मान्छे भूत र प्रेत बनी मान्छेहरmलाई किन दुःख दिन खोजेको होला ? अपितु स्वार्थीले मान्छेँ पशु भएको बेला उसको मानवीय गुण कहाँ हराउने होला ? चेतना विहीन भएको मान्छेलाई हामी पशु नभनी किन मान्छे भनेको होला ? थाहा छैन, हामीले थाहा पाएर चेतनाको आँखाले हेर्ने हो भने यहाँ के भैरहेको छ त्यसै बुझ्न सकिन्छ । मनुष्य–मनुष्य बीच कसरी खाडल बन्दो रहेछ भनी हामी त्यसैं थाहा पाउन सकिन्छ । त्यसैले एउटा दीयोले लाखौं लाख दीयो बाले जस्तै एउटा चेतनाको मसालले लाखैं लाख मान्छेको मनमा चेतना सार्न सकिन्छ ।
परोपकार गर्नु हो मनुष्यता जगाउनु
परोपकार गर्नु हो समाज यो उढाउनु
परोपकार गर्नु नै स्वतन्त्र क्रान्ति ल्याउनु
परोपकार गर्नु नै विपत्ति जाल फारनु ।
गरीब देश यो छ है अनाथ छन् अनेकन
जताततै नियाल लौ अज्ञान रोग , शोषण ।
लुटाउँदै सवै हक भए मनुष्य नै जड
विहीन चेतना हरे भनूँ पशु कि मानव ।
कलियुगमा मान्छेको शरीरभित्र देवता र दानवको बास हुने भएकोले जसको धेरै गुणहरm धारण गरिन्छ त्यसको रmप मान्छेले लिने गरिन्छ । रगत देखेर डराउने, रगत देखेर रमाउने, रीसराग नहुने, रीसरागमंै वाँच्न खोज्ने, घृणा कहिल्यै नगर्ने, घृणामै सधैं हाँस्ने, पाप कार्य नगर्ने, पापी जीवनमै रमाउने यो कस्तो रmप हो ? यो कस्तो रंग हो ? यो कस्तो मनुष्य हो ? यो कस्तो संयोग हो ? थाहा छैन, हामीलाई यो भवसागरमा सांच्चै भने हो भने रmप र रंगको अर्थ बुझेको छैन । मान्छे–मान्छेभित्र मान्छेको अर्थ थाहा छैन ।
किन होला, मान्छेँले किन वुझ्न नखोजेको होला ? मान्छेले मान्छेलाई किन घृणा गर्ने होला ? मान्छेँले मान्छेँलाई किन कुल्चिने होला ? मान्छेले मान्छेलाई किन शोषण गर्ने होला ? मान्छेले मान्छेलाई किन पशुको व्यवहार गर्ने होला ? मान्छेले मान्छेलाई किन आफू ईश्वर झै ठान्ने होला ? अनौठो छ, यो भवसागरमा अरmको सम्पति लुटेर, अरmको सम्पति ठगेर वाँच्न खोज्ने मान्छेहरmलाई जतिसुकैं पापी र वेमानी भने पनि आखीर किन हाम्रो समाजले केही बोल्न नसकेको होला ? पशुवृत्ति लिएर त्यस्ता मान्छेहरm विरmद्घ कलंकको रmपमा असभ्य मान्छे भनि किन भन्न नसकेको होला ?
यो कलयुगमा कालो–सेतो बनेर सेतोे–कालो हुन खोज्दै छन् । असम्भ मान्छेहरmलाई आजकल किन सभ्य जस्तो व्यवहार गरिदैछन् ? जातले किन सानो र ठूलो खोज्दैछन् । आफूले आफैलाई किन चिरजिवी ठान्दैछन् ? यो कुरो सत्य हो, सत्य कहिल्यै पनि नासिएर जान्दैनन् । यो कुरो असत्य हो, असत्य एक दिन ऐना फुटे जस्तै चकनाचुर भएर जानेछन् । आखीर समयचक्र न हो । समयले एक दिन सत्य र असत्य छुट्याउने छन् । भो अब त धेरै भईसक्यो । समस्त विश्व नै विग्रि सक्यो । यो जिब्रोले रगतको धेरै स्वाद लिएर होला मान्छेहरm धेरै हिंस्रक भई सक्यो । लडाई र झगडामा दिन दिनैं मान्छेहरm मरिसकेँ । हात हतियारले मान्छेहरmलाई धेरै काटी सकेँ । त्यसैले अब त मान्छे– मान्छेहरmमा चेतना पलाउनु पर्छ । मैले यो के गर्दैछु भनी आफैले आफैलाई नै प्रश्न गरी सोच विचारले काम गर्न सक्नु पर्छ । होईन भने तिमी कसरी मानव हुन सक्छौं र ? होईन भने तिमीलाई दानव भन्न किन मिल्दैन र ?
मनुष्य नै मनुष्यको धृणा गरेर हिँड्दछन्
लुटी ठगी म उच्च हँु भनेर पाप गर्दछन्
मनुष्यवर्ग जातले ठूलो र सानो मान्दछन्
पशुवृत्ति लिन्छ जो उही गनिन्छ सभ्य झन् ।
भयो भयो असाध्य नै समस्त विश्व विग्रियो
भई समान हिस्रकी लडाई गर्न तम्सियो
बढेर पाप आज ता मनुष्य चेतना कता
यसै भए त विश्वमा हुनेछ पाप वेपता ।
हामीले त्यस्तो अस्त्र चलाउनु पर्छ जसले मानव कल्याण गर्न सकोस् । दीन दुःखीहरmलाई सेवा गरी जीवनमा सधैं सहरा दिन सकोस् । यो नै धर्म हो । यो नै कर्म हो । यो धर्म र कर्मभित्र संसारमा कोही पनि अन्धकारलाई बाँच्न नपरोस् । भोक र तिर्खामा कोही पनि यो संसारमा बस्न नपरोस् । यही नै हाम्रो चाहना हुनु पर्छ । यही नै हाम्रो धारणा हुनु पर्छ । तब मात्र पापीहरmको जाल र झेलबाट वच्न सकिन्छ । महाअन्धकारलाई सूर्यको किरणले टुक्रा टुक्रा पारेर धुलो पीठो पार्नु पर्छ । एउटा सूर्यले यो संसारलाई उज्यालो पारे जस्तो नयाँ आयामहरm थप्न सकिन्छ । त्यसैले परोपकारवृत्तिले विश्वको मुहारलाई फेरेर नयाँ दुलही जस्तो वनाउन सकिन्छ । सवै ठाउँमा हरियाली ओछ्याएर वसन्तसंगै खुसी भएर यो लोकमा बस्न सकिन्छ ।
परोपकार अस्त्र ली मनुष्य हो बढौं,बढौं
महाअन्धकार विश्वको खतम् गरौं, खतम् गरौं
फरेब जाल लोकमा अनेक छन् त के भयो
परोपकार वृत्तिले सचिन्छ फेरि विश्व यो ।
परोपकार निस्वार्थ रmपमा मनैदेखि गरिने कार्य भएकोले यसमा प्रतिफलको आशा गरिएको हुँदैन । तसर्थ प्रत्येक मान्छेको मनमा केही गरौं भन्ने भावना जागृत हुनु पर्छ । तव मात्र साँचो अर्थमा परोपकार कार्य पुरा गरेको मानिन्छ भन्ने अभिव्यतिm युगकवि सिहिदचण श्रेष्ठले वि.स २००९ सालमा रचित प्रस्तुत “परोपकार” कवितामा उल्लेख भएको देखिन्छ ।
जहाँ अध्यारो छ त्यहाँ परोपकारको आवश्यकताको महसूस गरिन्छ । परोपकारले गरीव, अनाथ, रोगी र पीडितहरmको घाउँमा मलम लगाएर मानवीय सेवा गर्ने गरिन्छ । त्यसैले परोपकार धर्म हो । परोपकार कर्म हो । परोपकार यान हो । परोपकार ज्ञान हो । समस्त रmपमा परोपकार दया मायामा वाँच्ने भएकोले यो आफैंमा प्रेमको धार हो ।
एउटा मान्छे, साँच्चै मान्छेँ बन्नका निम्ति मानवीय गुणहरm देखिनु पर्दछ । कसैलाई पीडा दिएर आफू मात्र वाँच्नु साँचो अर्थमा मानवीय गुणभित्र पर्न सक्दैनन् । त्यसैले होला युगकवि सिहिदचरण श्रेष्ठले चेतनाविहिन पशु र मानवको भेद खोलेको होला । पाप र धर्मको कुरा गरेको होला । स्वतन्त्र र क्रान्तिका कुरा पोखेको होला । अन्धकारलाई विश्ववाट हटाउने कुरा गरेको होला । चेतनाको लहर फैलाउने कुरा लेखेको होला । जातिभित्र सानो र ठूलो हुँदैन भन्ने कुरा गरेको होला । सभ्य र असभ्यको कथा सुनाएको होला । परोपकारको महिमा गाएर करणा र मैत्रीको कुरा गरेको होला ।
प्रकासित मिति २०८०–२–२८
फेसबुकबाट तपाईको प्रतिक्रिया