पर्साको ढापमा लुम्बिनी विकास बैंकको नयाँ शाखा

काठमाडौं, भदौ २५ ।
चितवनको ढापमा लुम्बिनी विकासबैंक लिमिटेडले आफ्नो ५६ औं शाखा सञ्चालनमा ल्याएको छ । सो शाखाको उद्घाटन बैकका संचालक समितिका अध्यक्ष सुशिलराज पराजुली गरेका छन् ।

स–साना निक्षेप परिचालन, कृषि एंव साना व्यवसायमा कर्जा लगानी गरि त्यस भेगका बासिन्दाहरुमा बैंकिङ्ग सेवाको पहुँच अभिबृद्धि गर्ने उद्धेश्यले सो शाखा सञ्चालनमा ल्याइएको बैंकले जनाएको छ ।

बैंकले हाल कुल ५६ वटा शाखा सञ्जालहरु र १२ वटा एटीएमबाट आफ्नो बैकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया