पश्चिमी वायु बिहीबारदेखि सक्रिय हुने ः काठमाडौंमा उपत्यकामा पनि वर्षाको सम्भावना

काठमाडौ १३ फागुन, २०८१ । ंपश्चिमी वायुको प्रभावका कारण र स्थानीय वायुको आंशिक प्रभाव हाल देशमा रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

आज बिहान देशका विभिन्न पहाडी भू–भागमा आंशिक बदली भए पनि बाँकी भू–भागमा मुख्यतया मौसम सफा रहनेछ ।भने तराईका थोरैजसो स्थानमा बाक्लो हुस्सु लागेको छ ।

मंगलबार र बुधबार सामान्यतया मौसम सफा रहने मौसमविद् बताउँछन् । मौसम पूर्वानुमान महाशाखाले मंगलबार कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना समेत रहेको बताए ।

यस वर्षको हिउँदे वर्ष अहिलेसम्म हुन सकेको छैन । आगामी विहीवार र शुक्रकार काठमाडौंमा पनि हिउँदको पहिलो वर्षा हुने सम्भावना रहेको मौसमविद पोखरेल बताउँछन् । उनले अब बिहीबार र शुक्रबार पश्चिमी वायु पुनः सक्रिय हुने बताएका छन् । यसले पश्चिम नेपालमा उल्लेखनीय वर्षा गराउने साथ अन्य स्थानमा पनि छिटपुग वर्षा हुने सम्भावना देखाएका छन् ।

यसवर्ष मंसिर १६ देखि फागुन १३ गतेसम्मको अवधिमा काठमाडौंमा एक झर पनि पानी पर्न सकेको छैन । पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुसमेतका प्रभावले सोमबार कोशीका तराई भूभागमा मध्यम वर्षा भएको थियो ।

यस वर्ष पश्चिम नेपालमा पनि ठूलो वर्षा भएको छैन । तथापि यसपटक गतवर्षभन्दा कम पानी परेको छ । मंसिर १६ देखि फागुन १६ सम्मको अवधिलाई हिउँद याम भनिन्छ । यो अवधिमा ६०.१ मिलिमिटर सरदर वर्षा हुने गरेको महाशाखाले जनाएको छ ।

तर यसवर्ष अहिलेसम्म ८.६० मिलिमिटर मात्रै वर्षा भएको छ । १४.३ प्रतिशत मात्रै हिउँदे वर्षा हुँदा सुख्खा लागेको छ । यसले डढेलो बढ्ने, वायुमण्डलमा धुवाँ, धुलो थुप्रँदा वायु अस्वस्थकर हुने लगायत समस्या देखिने सक्नेछ । ्।

फेसबुकबाट तपाईको प्रतिक्रिया