पहिरोले हेटौँडा–कुलेखानी राजमार्ग अवरुद्ध

हेटौंडा–८ श्रावण
कुलेखानी राजमार्ग अवरुद्ध भएको छ। गएरातिदेखि परेको अबिरल वर्षाका कारण सिस्नेरी–४ अमलडाँडा र थाखेल सडकखण्डको सुकौरामा पहिरो जाँदा राजमार्ग अवरुद्ध भएको प्रहरीले जनाएको छ।
शनिवार बिहान ४ बजेतिर पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएपछि हेटौंडा–कुलेखानी राजमार्ग भएर काठमाडौँ आउने सवारी साधनलाई त्रिभुवन राजपथ हुँदै पठाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । हेटौंडा कुलेखानी खडकखण्डमा दैनिक ८०० सवारी साधान आवतजावत गर्ने गर्दछन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया