पहिलो पटक ओलम्पिक महिला फुटबलमा स्वर्ण पदक
काठमाडौँ ४ भदौ
रियो (एजेन्सी)-जर्मनीले रियो ओलम्पिक अन्तर्गत महिला फुटबलको स्वर्ण जितेको छ। फाइनलमा स्वीडेनलाई २–१ ले हराएर जर्मनीले पहिलो पटक ओलम्पिक महिला फुटबलमा स्वर्ण पदक जितेको हो।
जर्मनीका लागि डिजेडसेलिफर मारोजानले ४८ औं मिनेटमा गोल गर्दै सुरुवाति अग्रता दिलाइन्। स्वीडेनकी लिन्डा सेमब्रन्टले ६२ औं मिनेटमा आत्मघाती गोल गर्दै जर्मनीको अग्रता दोब्बर पारिन्।स्वीडेनका लागि स्टीना ब्ल्याकस्टाइनिएसले ६७ औं मिनेटमा एक गोल फर्काइन्। हारेको स्वीडेनले रजत पदकमा चित्त बुझायो। जर्मनी भने क्यानडालाई हराएर फाइनलमा आएको थियो।
फेसबुकबाट तपाईको प्रतिक्रिया