पाकिस्तानी अदालतमा भीषण आक्रमण, ४ जनाको मृत्यु
इश्लामाबाद ११ फागुन
पाकिस्तानको उत्तरपश्चिमी क्षेत्रमा पर्ने चार्सद्धा जिल्लामा रहेको अदालतमा आत्मघाती बम आक्रमण हुँदा कम्तीमा छ जनाको मृत्यु भएको छ ।
घटनामा अन्य ३० जना घाइते भएको स्थानीय सञ्चार माध्यमले मङ्गलबार जनाएका छन् । मृत्यु हुनेमध्ये एक जना वकिल रहेका छन् भने पाँच जना आक्रमणकारी रहेका छन् ।
स्थानीय उर्दु टेलिभिजनका अनुसार पाँच जना प्रहरी पनि घाइते भएका छन् । उनीहरुको नजिकैको अस्पतालमा उपचार भइरहेको छ । घटनाको अहिलेसम्म कुनै समुहले जिम्मेबारी लिएको छैन ।
फेसबुकबाट तपाईको प्रतिक्रिया