पाटन संयुक्त क्याम्पसमा मतदान स्थगित
ललितपुर, ५ चैत, २०८१ । विद्यार्थी संगठनको आन्तरिक किचलोको कारण पाटन संयुक्त क्याम्पसमा मतदान स्थगित भएको छ । नियमित तालिका अनुसार विहान ८ बजेबाट सुरु हुनु पर्ने मतदान प्रक्रिया ९ः३० मा मात्र सुरु भएको थियो ।
करिव १ घण्टासम्म मतदान प्रक्रिया सुचारु थियो । तर विद्यार्थी संगठन विच विवाद चर्किएपछि एकाएक १०ः३० देखि मतदान प्रक्रिया बन्द भएको थियो । यतिबेलासम्म पनि मतदान प्रक्रिया सुचारु हुन नसक्दा आधा भन्दा बढी विद्यार्थीहरु घर फर्किसकेको अवस्था देखिन्छ ।
मतदान गर्न लाइनमा बसेका विद्यार्थीहरुका अनुसार यस क्याम्पसमा करिव ७००० हजार मतदाताको संख्या रहेकोमा अहिलेसम्म १०० भोट मात्र खसेको छ भने अब केही समयभित्रै मतदान प्रक्रिया सुचारु हुने क्याम्पस प्रशासनले जानकारी दिएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया