पानीसँग मज्जा लुट्दै गर्दा गोहीसँग भेट भएपछि (भिडियोसहित)
सिड्नी १७ अशोज
पौडीमा सौखिन क्याम्रोन टिम्स पानीसँग मज्जा लुट्दै थिए । उनका बाबुआमा पनि उनीसँग पौडीमा मस्त थिए । तर उनले पानीसँगको रोमाञ्चकता धेरैबेर लुट्न पाएनन् ।
कुरा हो अष्ट्रेलियाको एल क्वेष्ट्रोज् मुनसाइन जर्जको जहाँ टिम्स आफ्नो गो प्रो क्यामेराका साथ मस्त पौडीमा रमाइरहेका थिए । उनीहरु समुहमा पानीमा उभिरहेका थिए । सोही समय टिम्सको छेवैबाट केही हिंडेजस्तो लाग्यो ।
आफुलाई केही फरक महसुस भएपछि उनी पानीबाहिर निस्किए । पानिबाट निस्केर हेर्दा उनको शरिरभरीबाट रगत बगिरहेको थियो । उनको कुहिनो र भुँडीमा प्वाल परेको थियो । त्यसपछि उनीहरुले आफ्नो साथमा रहेको गो प्रो क्यामेराको भीडियो हेरे, जहाँ उनले आफ्नो छेवैबाट गोही गएको देखे । त्यसपछि उनीहरु त्यहाँबाट एल क्वेष्ट्रो स्टेसनमा गए र चिकित्सकलाई फोन गरे । मुनसाइन जर्ज अष्ट्रेलियाको प्रख्यात हाइकिङ, स्विमिङ गन्तव्यमा पर्छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया