पुनर्निर्माणका लागि बेलायतले १० अर्ब दिने
बिजनेसपाटी १६ भदौ
भूकम्पबाट क्षतिग्रस्त संरचनाको पुनर्निर्माणका लागि बेलायतले नेपाललाई १० अर्ब १० करोड रुपैयाँ अनुदान दिने भएको छ ।
एक वर्ष पहिले भएको दाता सम्मेलनमा गरेको प्रतिबद्धता अनुसार पुनर्निमाणका लागि १० अर्ब १० करोड रुपैयाँ दिने भएको हो । अनुदान सहयोग सम्बन्धी सम्झौतामा बिहीबार हस्ताक्षर भएको छ । अर्थमन्त्री कृष्णबहादुर महरा र बेलायतको अन्र्तराष्ट्रिय सहयोग विभागका राज्यमन्त्री रोड्रिक जेम्स् नुगेन्ट स्टेवार्टको उपस्थितिमा अर्थ मन्त्रालयका सहसचिव बैकुण्ठ अर्याल र डीएफआइडीका नेपाल प्रमुख गेल मार्जेटीले हस्ताक्षर गरे।
सम्झौता अनुसार बेलायतले दिने अनुदान रकम रसुवा, धादिङ, नुवाकोट र गोरखा जिल्लामा खर्च गरिने छ । ती चार जिल्लामा चार सय किलोमिटर लामो ग्रामिण सडक निर्माण र भुकम्पबाट क्षतिग्रस्त पर्यटकीय पूर्वाधारको सुधारमा तथा तीन हजार भुकम्प प्रभावित परिवारलाई घर बनाउनका लागि अनुदान दिन अनुदान रकम खर्च गरिने अर्थ मन्त्रालयले जनाएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया