पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्रीमा निर्वाचित
काठमाडौं १९ साउन –
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपालको ३९ औं प्रधानमन्त्रीमा निर्वाचित भएका छन् । बुधबार व्यवस्थापिका संसदमा भएको मतदानमा बहुमत सदस्यको समर्थनका साथ निर्वाचित भएका हुन् ।
प्रधानमन्त्रीको लागि भनिएको निर्बाचनमा खसेको कुल ५७३ मतमा प्रचण्डको पक्षमा ३६३ र विपक्षमा २१० मत खसेको थियो।मतपरिणाम सुनाउँदै सभामुख ओनसरी घर्तीले प्रधानमन्त्रीमा प्रचण्ड निर्वाचित भएको संसदलाई जानकारी दिइन् ।नयाँ प्रधानमन्त्री चयनका लागि एमालेले कुनै उम्ममेद्वार खडा नगरेपछि प्रचण्ड एक्ला उम्मेद्वार बनेका थिए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया