पूर्वमन्त्री माधव घिमिरेका भाइको शव भेटियो

चितवन २२ अशोज

चितवनको  घोप्टभीरमा दुई हप्ताअघि जीप दुर्घटना भई बेपत्ता भएका पूर्वगृहमन्त्री माधवप्रसाद घिमिरेका भाइमोहन घिमिरेको शव भेटिएको छ । चितवनका जिल्ला प्रहरी कार्यालय डीएसपी दीपक श्रेष्ठका अनुसार घटनास्थलबाट करिव ३० किलोमिटर तल तनहु जिल्लाको देवघाट-४ बगई भन्ने स्थानमा शनिवार बिहान घिमिरेको शव भेटिएको हो । पूर्वमन्त्री घिमिरे र  उनका एक भाई अझै बेपत्ता छन् ।

उनको साथमा पर्स र लाइसेन्स भेटिएकाले सनाखत गर्न सजिलो भएको डीएसपी श्रेष्ठले बताए । असोज ९ गते पूर्वमन्त्री घिमिरे सवार गाडी घोप्टेभीरबाट त्रिसुली नदीमा खस्दा घिमिरेसहित उनका दुई भाइ  बेपत्ता भएका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया