पूर्वयुवराज पारसलाई हर्ट अट्याक

काठमाडौं, फागुन १९, २०८१ । पूर्वयुवराज पारस शाहलाई फेरि पनि हर्ट अट्याक भएको छ । उनलाई यो समस्या पहिलो पटक भने होइन । यसअघि पनि उनलाई तीनपटक हर्ट अट्याक भइसकेको छ । यसपटक उनी घरमै भएको अवस्थामा हर्ट अट्याक भएको थियो । समस्यापछि आइतबार साँझ उनका सहयोगीले थापाथलीस्थित नर्भिक अस्पताल भर्ना गराएका हुन् ।

निकट स्रोतका अनुसार उनलाई गएराति नै मुटुमा स्टेन लगाइसकिएको र अवस्था सुधारोन्मुख रहेको जानकारी प्राप्त भएको छ । घरमै रहेको अवस्थामा हर्ट अट्याक (ह्दयघात) भएकोले उनलाई तुरुन्तै अस्पताल पु¥याउन सकियो । त्यसले पनि अलि सहज भएको छ अहिले उनको स्वास्थ्य सुधारोन्मुख रहेको उनी निकट स्रोत बताउँछ ।

यो समेत गरेर उनलाई चौथो पटक हर्ट अट्याक भएको हो । यसअघि उनलाई २०७५ माघ महिनामा हर्ट अट्याक भएको थियो । त्यतिबेला पनि उनको नर्भिकमै उपचार भएको थियो । अर्को एकपटक उनी थाइल्याण्डमा रहँदा हर्ट अट्याक भएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया