पोखराको बाँझो जग्गामा कागती खेती

गण्डकी १४ मंसिर २०८१।

पोखरा महानगरपालिका- २८ कालिका ध्रुवपुरका हरिप्रसाद त्रिपाठीले बाँझो जग्गामा यसैवर्षदेखि कागती खेती सुरु गरेका छन् ।

गाउँबेंसी एकीकृत कृषि केन्द्रका सञ्चालकसमेत रहेका उनले व्यवसायिक रुपमा कागती खेती सुरु गरेको बताउँदै हाल २६ रोपनी क्षेत्रफलमा ५८४ ‘तेह्रथुमे’ जातका कागतीका विरुवा हुर्किरहेको जानकारी दिए ।

कागती खेतीका लागि उनले पहाडी क्षेत्र काष्ठफल तथा फलफूल विकास आयोजना, आयोजना कार्यान्वयन एकाइ गण्डकी प्रदेशअन्तर्गत फलफूल बगैंचा स्थापना कार्यकमबाट अनुदान सहयोग पनि पाएका छन् ।

कार्यक्रमका लागि कुल लागत सात लाख ८१ हजार ४०० रुपैयाँ रहेकामा आयोजनाबाट तीन लाख ९० हजार ७०० स्वीकृत अनुदान रहेको छ । तीन लाख ९० हजार ७०० त्रिपाठी स्वयंले व्यहोर्नेछन् ।

कागतीको उत्पादन गर्दै आय बढाउने र यसबाट रोजगारी सृजना गर्ने उनको लक्ष्य छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया