प्यारी भाउजू जया शुभ यात्रा तिमिलाइ …
दिपक श्रेष्ठ,
तिम्रो बिदाइमा फेरि लज्जित भएँ म तिम्रो यश घटनाले मेरो पुरानो घटनालाई फेरि बिउझाइ दिएको छ । आज भन्दा चार बर्ष पहिला म नेपालमा जीवन संघर्ष गर्दै गर्दा एउटा फिलिपिन्स नागरिक सङ्ग राम्रो सङ्ग घुलमिल हुन पाएको थिएँ । काठमाडौंमा एउटा कम्पनीमा सङ्गै काम गर्ने मौका मिल्यो जहाँ छ जना फिलिपिन्स कामदारलाई भ्रमण भिसामा नेपाल भित्र्याइएको थियो म पनि त्यस कम्पनीमा काम गर्ने मौका पाए र फिलिपिन्सका साथिहरु मध्य एकजना साथी म भन्दा उमेर ले लगभग १७ बर्ष जेठो थियो तर सार्है मिलनसार स्वाभाब भएका ती रोल्यान्ड भन्ने साथी हामी पुरै छ महिना सङ्गै काम गर्यौ । नेपाल स्थित ती कम्पनीले उनिहरु मध्य चार जना लाई कम्पनी चलाउन नसक्ने भन्दै चार महिना मै फिर्ता पठायो । अब बाकी दुई जना फिलिपिन्स र अन्य हामी नेपाली भएर काठमाडौंको सुन्धारा स्थित सिभिल मलको दोस्रो तलामा एउटा कार्यलय निर्माण पूरा गरेका थियौं जसको नाम बेस्ट रेमिट थियो हाल अन्यत्र सारिएको छ भन्ने सुनेको छु । फिलिपिन्स नागरिक मनका सार्है धनी हुन्छन् भन्ने मैले आफैले महसुस गर्न पाए ती साथी धेरै बर्ष पहिला देखि बहराइन मा काम गर्दो रहेछ ।
नेपाल रहदा पनि उसलाइ बेला बेलामा बहराइन बाट फोन आइरहन्थ्यो पहिला उस्ले काम गर्ने कम्पनीले फेरि बोलाउदैछ भन्दै हामी नेपाली साथीहरू लाई सुनाउथे । फिलिपिन्स देश हाम्रो देसभन्दा गरिब देस हो जहाँका नागरिक आफ्नो जिबिकोपार्जन को निम्ति अन्यत्र देशकै सहारा लिनु पर्ने बाध्यता छ भन्ने गर्थे । त्यसरी नै सङ्गै काम गर्दै जादा उसले मलाई बहराइन जानको लागि फ्री भिसा र टिकट बहराइन को १२० तलब खान बस्न सहित सङ्गै लैजान्छु भनेर मरिहत्ते गरेका थिए म पनि जानेवाला थिए तर अपसोच उसले फर्कने बेलामा नेपालमा काम गरे बापतको तीन महिना को तलब पाएनन् कम्पनीले पछि बैंक खातामा हाल्दिछु भनेर पठायो हामी नेपाली कामदार हरुले चाहिँ बल्ल बल्ल दुई महिना पछि पुरै तलब पायौं । तर उसले त खै नेपाल बाट फर्कने बेलामा उस्ले मलाई रुदै फोन गरेको थियो मलाई एतिन्जेल काम लगायो तर अहिले म खाली हात जादैछु पछि पठाइदिन्छु भनेको छ तर के ग्यारेन्टी छ र …? म केही बोल्न सकिन एकोहोरो उसको कुरा सुनिरहे अझै उसले फेरि भन्यो मलाई कम्पनीले झुक्याएको हो तेरो र मेरो सम्बन्धमा कुनै कमि आउने छैन अब हामी केही महिना पछि बहराइन मा भेट हुनुपर्छ भन्दै बाइ बाइ गरे पछिसम्म इमेलमा कुराकानी हुँदै थियो गुनासो तलब नपाए कै मात्रै हुन्थ्यो पछि बाट म आफैं लज्जित भए त्यही कारण न त म बहराइन गए न त इमेल को रिप्लाई …… एउटा असल साथी गुमाए हाल म मलेसियामा छु ।
तपाईं हामी धेरै नेपाली प्राय घरबाहिर नै छौं साउदी अरब,कतार,बहराइन,र ओमन कुवेत रहनु हुने साथीहरू कति फिलिपिन्स हरु सङ्गै मिलेर काम गर्दै हुनुहुन्छ होला तिनीहरु को नजर बाट सम्म गिरेका छौँ आज ……………त्यो एउटा समय थियो जहाँ म मात्रै लज्जित थिए तर आज यो तिम्रो प्रेम कहानिले सिङ्गो देसलाई लज्जित बनाएको छ । यश घटना लाई म एउटा नेपाली नागरिकको हैसियत ले बर्तमान प्रधानमन्त्री पुस्प कमल दहाल जि लाई सोध्न चाहन्छु आफ्नो छोरा सुधार्न सकेनौ अनि जया बुहारी लाई त छोडपत्र गराएर माइत फिर्ता पठायौ सात लाख पाएपछि अनि ती नाति नातिनी हरु लाई चाहिँ के आधार मा पठायौ त ? कि तिनिहरु पनि फिलिपिन्सका नागरिक हुन ? अनि के अब दसैंमा टीका लाउन आउदा बच्चाहरू मात्रै आउन सक्छन त ? यो र एस्ता हजार प्रश्नहरु जन्मिएका छन ……… अन्त्यमा फिलिपिन्स फर्कियौ जोया तिम्रो यात्रा सफल रहोस् तिम्रा आगामी दिनहरु खुशियालीका साथ बितोस म मेरो तर्फबाट यहाँ भन्दा माथी तिमिलाइ केही पनि दिन सक्दिन … साथमा तिम्रो प्रेमको चिनो दुई बच्चा च्यापेर आफ्नो जन्मघर फर्किएकी तिमी ती बच्चाहरुलाइ एस्तो शिक्षा देउ कि तिम्रो प्रेमको बर्खिलाप गर्ने ती दानवरुपि मानव जीवन थापा र तिमिलाइ गैरकानुनी हैसियत पास गरेर रु सात लाख जरिवाना गराउने नेपाल को संविधान र त्यसका बाउसे हरु सङ्ग एस्तो फैसला गर्न सकोस कि आउदा दिनहरुमा कुनै पनि जीवन थापाहरुले यश धर्तिमा जन्म लिन तिमी सङ्ग अनुमती लिन परोस ।
……भलायडाँडा ४ खोल्मे उदयपुर
फेसबुकबाट तपाईको प्रतिक्रिया