प्रचण्ड दोस्रोपटक प्रधानमन्त्री बन्दै

काठमाडौं २९ असार

–श्री स्वास्थानी कथाकी एक पात्र चन्द्रावतीलाई ठीक गाँस हाल्ने बेलामा आँधीबेहरी आएझैं भएन भने आगामी केही दिनभित्रै माओवादी अध्यक्ष प्रचण्ड दोस्रोपटक प्रधानमन्त्री बन्ने भएका छन् ।

करिब तीनसाता अघिदेखि कांग्रेस नेतृत्व र विभिन्न शक्तिकेन्द्रका प्रतिनिधिसँग प्रचण्डले गरेको अनौपचारिक संवादले परिणाम हासिल गर्ने सम्भावना बढाएको छ ।

यद्यपी प्रधानमन्त्री केपी ओली सजिलै सत्ताको साँचो प्रचण्डलाई सुम्पिएर हिँड्ने मानसिकतामा भने देखिएका छैनन् ।

गत वैशाखमा कांग्रेससँग बनिसकेको समझदारी तोडेर प्रचण्ड प्रधानमन्त्री केपी ओलीलाई काँध थाप्न पुगेपछि क्रुद्व भएका कांग्रेस सभापति शेरबहादुर देउवा प्रचण्डलाई स्वीकार नगर्ने निष्कर्शमा पुगेका थिए ।

बजेट अघि नै एमाले नेतृत्वको सरकारलाई बिदा गरेर कांग्रेस बजेटमार्फत एमालेबाट हुनसक्ने राजनीतिलाई रोक्न चाहन्थ्यो ।
तर, प्रचण्डले अन्तिम समयमा धोका दिएपछि त्यसबेला प्रधानमन्त्री पदबाट केपी ओलीलाई विस्थापित गर्ने योजना तुहिएको थियो । आजको घटना र विचार साप्ताहिकमा खबर छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया